बिहीबार, माघ १, २०८२

संसद सुचारु गराउन सत्तापक्षको टुनामुना सफल भएनः माधव नेपाल

भन्छन्– कुबुद्धि हटेपछि संसद अवरोध अन्त्य हुन्छ

मेरोन्यूज २०७८ फागुन १८ गते १७:२३

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रमुख प्रतिपक्ष दल एमालेप्रति इंगित गर्दै कुबुद्धि हटेपछि मात्रै संसदको अवरोध अन्त्य हुने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सत्तापक्षले संसद सुचारु गराउन टुनामुना गरिरहे पनि सफल हुन नसकेको बताए ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेकपा एमालेले संसद अवरोध गरेर जनताप्रति विश्वासघात गरेको आरोप लगाउँदै आउने चुनावमा यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिए ।

प्रतिक्रिया