हतियारसहित ३ जना प्रहरी नियन्त्रणमा

दाङ् । लुम्विनी प्रदेश प्रहरी कार्यालय दाङले हतियारसहित तीनलाई पक्राउ गरेको छ । बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ राप्ती पुल नजिकैबाट हतियार सहित ३ जना व्यक्ति पक्राउ परेको प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदो बस्ने वर्ष २९ को सुसान्त के।सी, १२ कोरियनपुर बस्ने वर्ष २८ को दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३२ को द्धारीका उपाध्याय रहेका छन ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय बनकट्टी बाँकेले नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट बाग्मती प्रदेश ०१—०२५ च ३०९७ नं.को गाडी, गाडीको सिट पछाडीको ब्यागमा लुकाई छिपाई राखेको मेडिन युएसए अटोमेटिक पेस्तोल थान (१९एक),गोली ९ राउण्ड, खुडा थान १,(एक), नोक थान २(दुई)बरामद गरिएको छ । बरामद गरिएको हतियार र निज व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
















मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया