‘कबड्डी ४’को रिलिज मिति फेरि सर्यो,जेष्ठ १३ मा प्रदर्शन हुने
मेरोन्यूज
२०७८ फागुन १९ गते ७:५२

काठमाडौं । चलचित्र ‘कबड्डी ४’को रिलिज मिति सारिएको छ । वैशाख २३ गतेका लागि रिलिज तय भएको यो चलचित्र अब जेठ १३ गते प्रदर्शन हुने भएको हो ।
सरकारले वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेकाले ‘कबड्डी ४’को रिलिज मिति पछि सारिएको बताउँदै आएको छ ।
रामबाबु गुरुङको निर्देशनमा बनेको यो चलचित्रमा दयाहाङ राई, कमलमणि नेपाल,सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतले चलचित्रमा अभिनय गरेका छन् ।
चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ ।
सम्बन्धित









काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा
एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया