‘कबड्डी ४’को रिलिज मिति फेरि सर्यो,जेष्ठ १३ मा प्रदर्शन हुने
मेरोन्यूज
२०७८ फागुन १९ गते ७:५२

काठमाडौं । चलचित्र ‘कबड्डी ४’को रिलिज मिति सारिएको छ । वैशाख २३ गतेका लागि रिलिज तय भएको यो चलचित्र अब जेठ १३ गते प्रदर्शन हुने भएको हो ।
सरकारले वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेकाले ‘कबड्डी ४’को रिलिज मिति पछि सारिएको बताउँदै आएको छ ।
रामबाबु गुरुङको निर्देशनमा बनेको यो चलचित्रमा दयाहाङ राई, कमलमणि नेपाल,सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतले चलचित्रमा अभिनय गरेका छन् ।
चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ ।
सम्बन्धित
















अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया