बुधबार, चैत ११, २०८२

रत्नराज्य क्याम्पसमा नेपाल भाषा पठनपाठन

मेरोन्यूज २०७८ फागुन १९ गते १०:२२

काठमाडौं । काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसलाई आगामी पाँच वर्षका लागि स्नातकोत्तर तहमा नेपाल भाषा पठनपाठन गर्न आर्थिक सहगोग गरेको छ । बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्रा डा जीवनधर ज्ञवालीले यस विषयको सम्झौतापत्रमा हस्ताक्षर गरे ।

Advertisement
nepal life insurencenepal life insurence

हस्ताक्षरपछि प्रमुख शाक्यले क्याम्पस प्रमुख ज्ञवालीलाई चालु शैक्षिक सत्रका लागि रु १५ लाखको चेक हस्तान्तरण गरे ।

गएको कात्तिक १६ गते बसेको कामपाको ७० औँ कार्यपालिका बैठकले त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसको स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन वार्षिक रु १५ लाख उपलब्ध गराउने निर्णयअनुरुप बुधबार उक्त रकम उपलब्ध गराएको हो ।
‘आधारभूत तहमा नेपाल भाषा पढाउन थालेपछि आकर्षण बढेको देखेपछि यसलाई माथिल्लो तहसम्म पु¥याउन हामीले लगानी गरेका हौँ’, प्रमुख शाक्यले भने ।

नेपाल भाषा स्नातक तह सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीले माग गर्दै आएका छन् । ‘विगत केही वर्ष सञ्चालन भएका कक्षापछि विद्यार्थी नभएपछि कार्यक्रम रोकियो, तीन वर्षअघि २५ विद्यार्थीले अध्ययन गर्न पाउनुपर्ने माग राख्नै निवेदन दिएका थिए’, क्याम्पस प्रमुख ज्ञवालीले भने ।

अहिले उपलब्ध गराएको रकम भवनको भौतिक संरचना निर्माण गर्ने, दुई शिक्षकलाई तलब दिने, पुस्तकालय निर्माण गर्ने र प्रशासकीय काम गर्ने प्रयोजनमा खर्च गर्नुपर्नेछ ।

प्रतिक्रिया