शुक्रबार, माघ २, २०८२

बैतडीमा मतदाता सङ्ख्या डेढ लाख पुग्यो

मेरोन्यूज २०७८ फागुन १९ गते १३:०३

बैतडी । बैतडी जिल्लामा करिब २५ हजार मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार २४ हजार ६४९ मतदाता थपिएका हुन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनका बेला एक लाख २५ हजार ३१९ मतदाता रहेकामा हाल त्यो सङ्ख्या बढेर एक लाख ४९ हजार ९६८ पुगेको हो ।
सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा सबैभन्दा बढी २२ हजार १६८ मतदाता रहेका कार्यालय प्रमुख माधव फुयाँलले जानकारी दिनुभयो । यस्तै पुर्चौडी नगरपालिकामा २१ हजार ७८, पाटन नगरपालिकामा १९ हजार ९९९ र मेलौली नगरपालिकामा १३ हजार ६९३ मतदाता छन् ।
जिल्लाको दोगडाकेदार गाउँपालिकामा १४ हजार ९४७, डिलाशैनी गाउँपालिकामा १३ हजार ३३०, सिगास गाउँपालिकामा १२ हजार १८७, सुर्नया गाउँपालिकामा ११ हजार ४३४, पञ्चेश्वर गाउँपालिकामा ११ हजार २२२ र शिवनाथ गाउँपालिकामा नौ हजार ९१० मतदाता रहेका जनाइएको छ । ती मतदाताले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउनेछन् ।रासस

प्रतिक्रिया