बैतडीमा मतदाता सङ्ख्या डेढ लाख पुग्यो

बैतडी । बैतडी जिल्लामा करिब २५ हजार मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार २४ हजार ६४९ मतदाता थपिएका हुन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनका बेला एक लाख २५ हजार ३१९ मतदाता रहेकामा हाल त्यो सङ्ख्या बढेर एक लाख ४९ हजार ९६८ पुगेको हो ।
सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा सबैभन्दा बढी २२ हजार १६८ मतदाता रहेका कार्यालय प्रमुख माधव फुयाँलले जानकारी दिनुभयो । यस्तै पुर्चौडी नगरपालिकामा २१ हजार ७८, पाटन नगरपालिकामा १९ हजार ९९९ र मेलौली नगरपालिकामा १३ हजार ६९३ मतदाता छन् ।
जिल्लाको दोगडाकेदार गाउँपालिकामा १४ हजार ९४७, डिलाशैनी गाउँपालिकामा १३ हजार ३३०, सिगास गाउँपालिकामा १२ हजार १८७, सुर्नया गाउँपालिकामा ११ हजार ४३४, पञ्चेश्वर गाउँपालिकामा ११ हजार २२२ र शिवनाथ गाउँपालिकामा नौ हजार ९१० मतदाता रहेका जनाइएको छ । ती मतदाताले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउनेछन् ।रासस
















अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’आज
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
17 including driver injured in bus accident
प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया