कोभिडका कारण डिप्रेसनका बिरामी २५ प्रतिशतले बढेः डब्लूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी रुपमा चिन्ता र डिप्रेसनका बढेका जनाएको छ । डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले बृद्धि भएको संगठनले जनाएको हो ।
कोभिडले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर गरेकोले यस्ता घटना विश्वव्यापी रुपमा बृद्धि भएको डब्लूएचओको भनाई छ ।
साथै, सन् २०२० मा प्रमुख डिप्रेसिभ डिसअर्डरका केसहरुमा २७ दशमलब ६ प्रतिशतले बृद्धि भएको थियो ।
डब्लूएचओका स्वास्थ्य तथा पदार्थ प्रयोग विभागका ब्रान्डन गे्रले भनेका छन्, ‘आकारका हिसाबले यो निकै ठूलो बृद्धि हो ।’ मानिसको मानसिक स्वास्थ्य र खुसीले कोभिडको १९ को ठूलो प्रभाव रहेको ब्रिफिङले देखाएको उनले बताए ।
उच्च दैनिक संक्रमण दरको सन्दर्भमा कोभिडले ठूलो असर गरेको स्थानमा बृहत बृद्धि देखिएको थियो । पुरुषभन्दा महिला र किशोरीहरु कोभिडबाट प्रभावित भएका थिए ।
महामारीको समयमा महिलाहरु सबैभन्दा बढी प्रभावित भएको अक्टोबरको सुरुमा सार्वजनिक भएको एउटा प्रतिवेदनमा दर्शाइएको थियो ।
कोभिड महामारीको प्रारम्भिक वर्षमा मात्र डिप्रेसन र चिन्ताका बिरामीहरुको संख्या एक चौथााइले बढेको ल्यान्सेटको एउटा अध्ययनले देखाएको छ ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया