बुढासुब्बा गोल्डकप आगामी चैत २६ देखि

धरान । २३औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि धरान–१६ स्थित रङ्गशालामा सुरु हुने भएको छ । कोरोना महामारीका कारण गत वर्ष आयोजना हुन सकेको थिएन ।
प्रतियोगितामा आयोजक क्लबसहित आठ टिम सहभागी हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए । उनका अनुसार काठमाडौँमा हालै सम्पन्न भएको सहिद स्मारक लिगको उत्कृष्ट तीन टिम सहभागी हुनेछन् । भारतका दुई क्लब र मोफसलको अन्य दुई उत्कृष्ट क्लब पनि प्रतियोगितामा सहभागी हुने अध्यक्ष उहाँले जानकारी दिए ।
विजेताले नगद ट्रफीसँगै नगद रु १० लाख र उपविजेतालाई नगद रु पाँच लाख पुरस्कार राखिएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु एक लाख ५० हजार पाउनेछन् ।
रु ५१ लाख ३२ हजार खर्च हुने आयोजकले अनुमान गरेको छ । करिब रु १५ लाख नाफा गर्नेगरी प्रतियोगिताको तयारी गरिएको आयोजकले जनाएको छ ।
विजेता र उपविजेतालाई दिइने नगद पुरस्कार धरान उपमहानगरपालिकाले व्यवस्थापन गर्ने भएको छ । त्यसका लागि उपमहानगरले रु १८ लाख बजेट विनियोजन गरेको छ । त्यसमध्ये रु १० लाख पहिलो पुरस्कार र रु पाँच लाख दोस्रो पुरस्कारको छुट्याइएको छ । बाँकी रु तीन लाख धरानको टिम तयारीका लागि खर्च गर्नेगरी उपमहानगरले उपलब्ध गराउने निर्णय भएको क्लबका अध्यक्ष राईले जानकारी दिए ।
उनका यसपटक उपाधि जित्ने लक्ष्यसहित आयोजकले दुई टिम तयार गर्ने जनाएको छ । उपाधि जित्ने गरी ए डिभिजन र विदेशी खेलाडीसमेत समावेश गरेर सिनियर टिम तयार गरिने अध्यक्ष राईले बताए । रासस
















रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
प्रतिक्रिया