माइतीघर मण्डलामा नोबेल मेडिकलका विद्यार्थीको अनसन सुरु

काठमाडौँ । नोबेल मेडिकल कलेजका विद्यार्थीले अन्य शिक्षण अस्पतालमा पढ्न स्थान्तरणको माग राख्दै रिले अनसन सुरु गरेका छन् । बिहीबारदेखि माइतीघर मण्डलामा चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षाबाट योग्यता श्रेणीमा पास भएका नियमानुसार काठमाडौँ विश्वविद्यालयमा भर्ना भई नोबेल मेडिकल क्यापसमा एमबीबीएस पढ्न विद्यार्थीले अनसन सुरु गरेका हुन् ।
नोबेल कलेजबाट पीडित १० विद्यार्थीले सरकारले बनाएको नियम कानुन नमान्ने क्यापसबाट अन्य शिक्षण अस्पतालमा पढ्ने वातावरणसहित स्थानन्तरण गर्न सरकारसँग माग राख्दै रिले अन्सन भोक हड्ताल तथा धर्ना सुरु गरेका हुन् । उनीहरूले विगत ८० दिनदेखि निरन्तर रुपमा अध्ययन शुल्कको अतिरिक्त शुल्क हटाउन माग गर्दै आन्दोलन गरिरहेका थिए ।
विद्यार्थी रुपेश पौडेलले चिकित्सा शिक्षा आयोगले उपत्यकाबाहिर मेडिकल कलेजले ४४ लाखमा एमबीबीएस पढाउन भने पनि नोबेल मेडिकल कलेजले बढी शुल्क लिएकाले आन्दोलन गर्नु परेको बताए । उनले नोबेल कलेजले तोकेभन्दा बढी शुल्क लिएपछि राज्यका सबै निकायमा अतिरिक्त शुल्क घटाउन माग लिएर गएको तर, कसैले नसुनेको गुनासो गरे ।
‘राज्यको नियमविपरीत हो, त्यही भएर नोबल प्रशासनले तोकेभन्दा बढी शुल्क लिन पाउँदैन भनेर आन्दोलन गरेका हौँ,’ उनले भने, ‘राज्यका कुनै निकायबाट न्याय नपाएपछि बाध्य भएर अन्सनमा बसेका छौँ, माग भनेको सरकारले बनाएको कानून नै कार्यान्वयन गर्न नसक्ने ठाउँमा हामी विद्यार्थीलाई पठाउनु भएन, सुरक्षित शिक्षण अस्पतालमा स्थानन्तरण गरिदियोस् भन्ने मात्रै हो ।’
उनले पढ्नका लागि पहिलो किस्ता १५ लाख विश्वविद्यालयमा बुझाई सकिएको बताउँदै पढन् नपाएको बताए । उनले आफूहरूको अन्तिम उपाय अनसन भएको बताए ।
















Price of gold rises
काभ्रेपलाञ्चोकमा आर्थिक उपार्जनका लागि कफीखेती अभियान
सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण
इलाममा हटाइयो चियाको न्यूनतम समर्थन मूल्य
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया