मंगलबार, माघ ६, २०८२

आफ्ना नागरिकलाई रसिया छाड्न फ्रान्सको आग्रह

मेरोन्यूज २०७८ फागुन १९ गते १७:१०

काठमाडौँ । फ्रान्सले बिहीबार आफ्ना नागरिकलाई युक्रेनमा मस्कोको आक्रमण र रुस र युरोपेली संघबीचको हवाई क्षेत्र बन्द गरेपछि रसिया छाड्न आग्रह गरेको छ । ‘रुसले युक्रेनमा गरेको आक्रमण र अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएको सन्दर्भमा हामीले आफ्नो सतर्कता बढाउनु पर्छ,’ विदेश मन्त्रालयले आफ्नो वेबसाइटमा लेखेको छ ।

मन्त्रालयले फ्रान्सेली नागरिकलाई रुसमा रहेको आफ्नो दूतावासको वेबसाइटमा फ्रान्सको लागि ‘अप्रत्यक्ष’ उडानको ‘गैर–विस्तृत’ सूचीको लागि इयु सदस्य राष्ट्रहरूले रुसी विमान र सेवाका लागि आफ्नो एयरस्पेस बन्द गरेपछि फ्रान्सले सो आग्रह गरेको छ ।

त्यहाँ धेरै कम उडान रहेको र जो मानिससँग रसियामा रहन बिल्कुल आवश्यक कारण छैन उनीहरूले छोड्ने छनौट गर्नु पर्ने विदेश मन्त्रालयका प्रवक्ताले भन्नु भएको छ । फ्रान्सेली सरकारले आफ्ना नागरिकलाई रुसको कुनै पनि यात्रा स्थगित गर्न आग्रह गरेको छ ।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि गत फेब्रुअरी २४ देखि सैन्य आक्रमण शुरु भएको घोषणा गरे । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण केन्द्रीत गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गरेका थिए । तर, रुसी सेनाले राजधानी किभलगायत अन्य विभिन्न स्थानमा आक्रमण गर्दै आएको छ ।

आठ वर्षअघि १८ मार्च २०१४ मा युक्रेनको पूर्व–दक्षिण क्षेत्रमा अवस्थित सामरिक महत्वको क्राइमियालाई रसियामा गाभेको थियो । रसियाले फेरि पूर्वी युक्रेनका डोनबास क्षेत्र, डोनेस्क, लुहान्स्कलाई केही दिनअघि स्वतन्त्र राज्य घोषणा गरेको थियो ।

प्रतिक्रिया