शनिबार, वैशाख २६, २०८३

कांग्रेस धनुषाको सभापतिमा तीन जनाले दिए उम्मेदवारी

मेरोन्यूज २०७८ फागुन १९ गते २०:४३

काठमाडौँ । नेपाली कांग्रेस धनुषाको सभापतिमा तीन जनाले प्रतिस्पर्धा गर्ने भएको छ । यसका लागि बिहीबार तीन जनाले सभापति पदका लागि उम्मेदवारी दिएका छन् ।

Advertisement
NiccNicc

सभापति पदका लागि सन्तोष यादव, योगेन्द्र पञ्जियार र दिनेश प्रसैलाले उम्मेदवारी दिएका हुन् । हाल जिल्ला उप सभापतिसमेत रहेका सन्तोष संस्थापन पक्षका उम्मेदवार हुन् ।

यस्तै, क्षिरेश्वरनाथ नगरपालिकाका मेयर पञ्जियार बिमलेन्द्र निधि पक्षका हुन् भने संविधानसभा सदस्यसमेत रहेका प्रसैला डा. शेखर कोइराला समूहका उम्मेदवार हुन् ।

यस्तै दुई उपसभापतिका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । दुई सचिव पदका लागि नौ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिक्रिया