बुधबार, माघ ७, २०८२

माअ‍ोवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

मेरोन्यूज २०७८ फागुन २० गते १३:३१

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । शुक्रबार बिहान ११ बजे बस्ने भनिएको बैठक दुई घण्टा ढिला गरी सुरु भएको हो ।

बैठक राष्ट्रियसभा गृहमा बस्दै छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनपछि पार्टीमा देखिएको विवादका बारेमा समेत बैठकमा छलफल हुने भएको छ ।

नेताहरू आन्तरिक छलफलमा रहेकाले बैठक ढिला सुरु भएको हो । बैठकमा पार्टीका पदाधिकारी चयन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया