योजनाबद्ध युक्रेनमाथि हमला गरेका हौँ : राष्ट्रपति पुटिन

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बिहीबार बताए ।
उनले भने, ‘युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ ।’ रसियाको सुरक्षा परिषदको एक बैठकमा उनले बिहीबार सो धारणा राखेका हुन् ।
‘हामीले तोकिएको काम गरेका छौँ, र त्यो राम्रोसँग अर्थात् सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ,’ उनले भने । उनले रुसले युक्रेनमाथि गरेको हमलामा रुसी सेनाले साहसपूर्वक काम गरेको पनि बताए ।
उनले भने, ‘रुसी सेनाले ठूलो काम गरेको छ, निकै साहसी काम गरेको छ, हामी त्यसैले सफल भएका छौँ ।’ रुसको सीमा क्षेत्रमा पश्चिमाबाट खतरा देखिएको तथा रुसलाई पनि आणविक खतरा देखाइएको भन्दै यसका कारण रुसले युक्रेनमा विशेष सैन्य कारबाही गरेको उनले बताए ।
रुसले गत हप्तादेखि युक्रेनमा हमला जारी राखेको छ । बिहीबार रातिसम्म राजधानी युक्रेन र अन्य कतिपय सहरमा रुसी सेनाले हमला जारी राख्दै आएको छ ।
















होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ: संयोजक दाहाल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया