मेट्रो कलेजको ‘हामी सुन्छौँ, हामी गर्छौं’ अभियान

दाङ,
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले हामी सुन्छौ हामी गर्छौ अभियानको सुरुवात गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई उत्प्रेरित गर्नका लागि यस्तो अभियानको सुरुवात गरिएको कलेजले जनाएकोे छ ।
किताबी ज्ञानसँगै विद्यार्थीहरूलाई जीवन र जगतका बारेमा पनि जानकारी दिएर सही मार्गमा हिड्न प्रेरित गर्नका लागि अभियान सुरुवात गरेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए ।
कार्यक्रममा प्रसिद्ध उत्प्रेरकहरुका उत्प्रेरणाका कुरासँगै सफल व्यक्तिहरुका सफलताका कथा सुनाईने पनि कलेज प्रमुख आचार्यले जानकारी दिए । अभियानको सुरुवात गर्दै उत्प्रेरक वक्ता डा। चिन्तामणि योगीले युवाहरूमा प्रविधिको दुरुपयोग बढिरहेको वताए ।
परिवार र समाजले युवाहरुलाई उचित मार्गनिर्देश गर्नुपर्ने कुरामा जोड दिए । “जसले आफूले टेकेको भूमि र आफ्नो अभिभावक बिर्सन्छ त्यो कहिल्यै पनि सफल बन्न सक्दैन,”योगीले भने ।

















चार निर्वाचन क्षेत्रको मतगणना किन हुन सकेन ?
बझाङमा एमालेका उम्मेदवार महर विजयी
कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली निर्वाचित
रास्वपा २७ स्थानमा विजयी र ९० क्षेत्रमा अगाडि, अन्य दलकाे अवस्था के ?
नेमकिपाकाे गढ भक्तपुर-१मा रास्वपाका रन्जित विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
प्रतिक्रिया