मेट्रो कलेजको ‘हामी सुन्छौँ, हामी गर्छौं’ अभियान

दाङ,
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले हामी सुन्छौ हामी गर्छौ अभियानको सुरुवात गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई उत्प्रेरित गर्नका लागि यस्तो अभियानको सुरुवात गरिएको कलेजले जनाएकोे छ ।
किताबी ज्ञानसँगै विद्यार्थीहरूलाई जीवन र जगतका बारेमा पनि जानकारी दिएर सही मार्गमा हिड्न प्रेरित गर्नका लागि अभियान सुरुवात गरेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए ।
कार्यक्रममा प्रसिद्ध उत्प्रेरकहरुका उत्प्रेरणाका कुरासँगै सफल व्यक्तिहरुका सफलताका कथा सुनाईने पनि कलेज प्रमुख आचार्यले जानकारी दिए । अभियानको सुरुवात गर्दै उत्प्रेरक वक्ता डा। चिन्तामणि योगीले युवाहरूमा प्रविधिको दुरुपयोग बढिरहेको वताए ।
परिवार र समाजले युवाहरुलाई उचित मार्गनिर्देश गर्नुपर्ने कुरामा जोड दिए । “जसले आफूले टेकेको भूमि र आफ्नो अभिभावक बिर्सन्छ त्यो कहिल्यै पनि सफल बन्न सक्दैन,”योगीले भने ।











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया