ओलीले कम्बल ओढेर घ्यू खाएः गजुरेल
मेरोन्यूज
२०७८ फागुन २० गते १६:३५

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले एमसीसीको सवालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बल ओढेर घ्यू खाएको आरोप लगाएका छन् ।
६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज काठमाडौंको खुलामञ्चमा गरेको बिरोधसभामा बोल्दै गजुरेलले प्वाल परेको कम्बल ओढेर घ्यू खाँदा नेपाली जनताले देखेको बताए ।
‘फागुन १५ गते दिउँसोसम्म कम्बल ओढेर घ्यू खाइरहेका थिए ।’ ओलीप्रति संकेत गर्दै भने, ‘प्वाल परेको कम्बलबाट घ्यू खाएको जनताले देखे । बेलुका कम्बर फालेर नाङ्गै भए ।’
नेता गजुरेलले एमसीसी विरुद्ध आवाज उठाउने सबै राष्ट्रवादी शक्तिहरुलाई एकताका लागि आह्वान गरे ।
उनले सबै राष्ट्रवादी शक्तिहरुलाई बिद्रोह गरेर एमसीसीविरुद्धको आन्दोलनमा आउन अपिल गरे ।
सम्बन्धित
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया