नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच यस्ताे सम्झौता

काठमाडौं । पोखरा विश्वविद्यालयका प्राध्यापक, शिक्षक कर्मचारी तथा विद्यार्थीलाई लक्षित गरी नेपाल बैंकले सम्झौता गरेको छ ।
नेपाल बैंकले पोखरा विश्वविद्यालयमा कार्यरत कर्मचारी एवम् विद्यार्थीहरुलाई आधुनिक एवम् सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने व्यवस्था गरेको छ ।
सम्झौताअनुसार, बैंकले बिश्वबिद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक/ शिक्षक/कर्मचारीहरु सम्पूर्णको तलबी खाताहरुमा बैकले बचत निक्षेपहरुको उच्चतम ब्याजदर प्रदान गर्ने भएको छ ।
अब पोखरा विश्वविद्यालयका शिक्षक, विद्यार्थी सबैलाई एटीएम, मोबाइल बैंकिङ रजिष्टेशन निःशुल्क प्रदान गर्नुका साथै बैंकको लकर भाडामा २५ प्रतिशत छुट प्रदान गरिने तथा जुनसुकै कर्जा लिँदा सेवा शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ ।
साथै बैंकको कुनै एक शाखामा रहेको खाताबाट नेपाल बैंक लिमिटेडकै अन्य कुनै पनि खातामा जतिसुकै रकम ट्रान्सफर गर्न चाहेमा विना कुनै शुल्क ट्रान्सफर गरिने, बिश्वबिद्यालयको आबश्यकता अनुसार बिश्बबिद्यालय परिसरमा एटीएम मेशिन तथा शाखा स्थापना गरि सेवा प्रदान गर्ने पनि बैंकल प्रतिवद्धता जनाएको छ ।
सम्झौतापत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट राजिष्टार डा.दीपकबहादुर भण्डारी र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका थिए ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
सुरक्षा निकायका प्रमुखसहित ‘कन्ट्रोल रुम’बाट निर्वाचन क्षेत्रको ‘मनिटर’ गर्दै गृहमन्त्री
प्रतिक्रिया