नवलपुर कांग्रेस सभापतिमा जिसी सर्वसम्मत

कावासोती । नेपाली कांग्रेस नवलपुरको सभापतिमा महेन्द्रध्वज जिसी सर्वसम्मत भएका छन् ।
शुक्रबार मनोनयन समय सकिनु केही समयअघि सभापतिका अर्का उम्मेदवार बालकृष्ण घिमिरेलाई उपसभापति बनाउने सहमति भएको बताइएको छ ।
यद्यपि निर्वाचन समितिले जिसी सर्वसम्मत भएको घोषणा भने गरिसकेको छैन । आजको मनोनयनमा सबैजसो पदमा आधा दर्जन बढीको उम्मेदवारी परेको छ । पदाधिकारीको सबै पदमा सर्वसम्मतको पहल भइरहेको छ ।
शुक्रबार भएको मनोनयनमा दुई उपाध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी परेको छ । उपसभापतिमा चन्द्रबहादुर राना, धर्म बस्याल, उदय अर्याल, केशव सापकोटा, उपयराज अधिकारी, पूर्णसिंह राना, कपिलदेव भुसालले उम्मेदवारी दर्ता गराएका छन् । सात जना मध्ये ६ जनालाई फिर्ता गराएर घिमिरेलाई उपाध्यक्ष बनाउने कुरा पनि चुनौतिपूर्ण छ ।
यसैगरी, २ सचिवका लागि पत्रकार महासंघ नवलपरासीका पूर्व अध्यक्ष होमराज रानाभाटसहित चार जनाले उम्मेदवारी दिएका छन् ।
सचिवमा महेन्द्र पोख्रेल, करुणासागर सुवेदी, मित्रलाल भट्टराईको उम्मेदवारी परेको हो ।
त्यसैगरी, २ सहसचिवका लागि राजेश पौडेल, अशोक केसी, विन्दु काफ्ले र श्यामसुन्दर पराजुलीले उमेदवारी दिएका छन् ।
जिल्लामा कूल १९ सय ७२ मतदाता रहेको कांग्रेस जिल्ला निर्वाचन समितिले जनाएको छ ।
















कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया