बुधबार, माघ ७, २०८२

रुसी राष्ट्रपतिको हत्या गर्न अमेरिकी सिनेटरको आग्रह

मेरोन्यूज २०७८ फागुन २१ गते ८:४२

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज अमेरिकी सिनेटलाई सम्बोधन गर्ने भएका छन् । जेलेन्स्कीले जुममार्फत अमेरिकी सिनेटरसँग रुसी संकटबारे छलफल गर्ने भएका हुन् ।

युक्रेनमा युद्ध चर्किरहेका बेला केही अमेरिकी सांसदले राष्ट्रपति जो बाइडेनलाई रुसविरुद्ध कडा कदम चाल्न अनुरोध गर्दै आएका छन् । रुसी तेलको आयातमा प्रतिबन्ध लगाउन उनीहरुले राष्ट्रपतिसँग अनुरोध गर्दै आएका थिए ।

रुसी तेल आयातमा प्रतिबन्ध लगाउने सम्भावित अमेरिकी कदमले तेलको मूल्य अझ बढ्न सक्ने र मुद्रा स्फीतिले थिचिएका अमेरिकी उपभोक्तालाई असर गर्ने ह्वाइट हाउसको विश्लेषण छ ।

यसैबीच, रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले रुसी राष्ट्रपतिको हत्या गर्न रुसभित्रकै कसैलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया