आइतबार, वैशाख २७, २०८३

संघीय निजामती सेवा ऐन यथाशिघ्र जारी गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

मेरोन्यूज २०७८ फागुन २१ गते १५:३०

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशिघ्र जारी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्य समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कर्मचारी समायोजनको क्रममा देखिएको समस्या समाधान गर्न पनि सरकार प्रयत्नशील रहेको बताए ।

Advertisement
NiccNicc

उनले जनतामा सहज ढंगले सेवा प्रवाहको काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए । प्रधानमन्त्री देउवाले राजनीतिक आस्थाका आधारमा सेवा प्रवाह गर्न नहुनेतर्फ पनि कर्मचारीहरुलाई सचेत गराए ।

जनताको सेवकको रुपमा कर्मचारीहरुले काम गर्नुपर्ने उनको भनाई थियो ।

प्रधानमन्त्री देउवाले कर्मचारीहरु जनताको निरन्तर सम्पर्कमा रहने हुनाले उनीहरुले आफ्नो छवीलाई स्वच्छ बनाइराख्नु पर्ने बताए ।

प्रतिक्रिया