सोमबार, वैशाख २८, २०८३

ओलीले झापा पुगेर भने– माओवादी अब सिद्धिन्छ

आफूले हावा भरिदिएकाले माओवादी अहिलेसम्म टिकेको दाबी

मेरोन्यूज २०७८ फागुन २१ गते १६:५०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा माओवादी सिद्धिने दाबी गरेका छन् ।
शनिवार आफ्नो गृह जिल्ला झापा पुगेर ओलीले प्रचण्डले आफ्नो चिनामा नै सिद्धिने ग्रह बोकेर आएको टिप्पणी गरे ।

झापामा प्रेस चौतारी प्रदेश १ को अधिवेशनलाई सम्बोधन गर्दै ओलीले आफूले २०५६ सालमा भनेको कुरा स्मरण गर्दै अब त्यो दिन आएको उल्लेख गरे । त्यतिबेला नै आफूले माओवादी सकिन्छ भनेको उनको भनाइ थियो ।

माओवादी केन्द्र सकिन्छ भनेर आफूले २०५६ सालमा भनेको उल्लेख गर्दै ओलीले अब त्यो दिन आएको उल्लेख गरे ।
एमाले अध्यक्ष ओलीले माओवादीले बेलुनको रुपमा समेत टिप्पणी गरे । जुन बेलुनमा आफूले हावा भरिदिएको उनको भनाइ थियो ।

केही वर्षअघि आफूले ‘पम्प’ लगाइदिएर अलि हावा भरिदिएकाले अहिलेसम्म माओवादी केन्द्र टिकेको समेत उनले दाबी गरे । अब पम्प हाल्न छोडेपछि विस्तारै बेलुन सुक्दै गएको उनले टिप्पणी गरे । उनले माओवादी पार्टी सकिनै पर्ने उल्लेख गरे भने माधव नेपालको पार्टी बन्दै नबनेको दाबी गरे ।

‘एमसीसी पास गर्नै नहुने हो तर एमालेले सिध्याउने भो भनेर प्रचण्डजीका कुरा सुन्छु’, ओलीले प्रचण्डप्रति इंगत गर्दै भने, ‘कहाँ एमालेले सिध्याउनु, उनले चिनामै त्यस्तो बोकेर आएका छन् ।’

Advertisement
NiccNicc

प्रतिक्रिया