उपचारको क्रममा गर्भवतीको मृत्यु भएपछि…

उदयपुर । उपचारका क्रममा दुई दिनअघि जिल्ला अस्पताल गाईघाटमा ज्यान गुमाएकी उदयपुरगढी गाउँपालिका–६ नेपालटारकी ३२ वर्षीया गर्भवती सीता राउत कार्कीको शव परिवारले जिम्मा लिएका छन् ।
स्वास्थ्यकर्मीको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै परिवारले शव उठाउन मानेका थिएनन् ।
मृतकका परिवारले उपचारमा सम्लग्न स्वास्थ्यकर्मीमाथि छानबिन, पीडित परिवारलाई उचित क्षतिपूर्ति र मृतकका दुई छोरीको स्वास्थ्य र शिक्षाको ग्यारेण्टी लिनुपर्ने माग गर्दै आएका थिए । दुई दिनसम्मको छलफलबाट कुनै निश्कर्ष ननिस्किएपछि शव बुझेको पीडितका परिवारले जनाएका छन् ।
पीडित परिवारलाई त्रियुगा नगरपालिकाले छोरीहरूको शिक्षाका लागि एक लाख ५० हजारको अक्षयकोष उपलब्ध गराउने र उदयपुरगढी गाउँपालिकाले नमूना माध्यामिक बिद्यालय भलायाडाडामा कक्षा १२ सम्म प्राविधिक शिक्षा निःशुल्क पढाउने मौखिक सहमति गरेका छन् ।
गर्भवतीको मृत्युपछि अस्पतालमा आफन्तले तोडफोड गरेका थिए । सुत्केरी गर्न ल्याएको गर्भवति महिलाको मृत्यु भएको भन्दै उनका आफन्तले अस्पताल तोडफोड गरेका थिए ।
राउत कार्कीको उपचार अभावमा मृत्यु भएको उनको आफन्तको आरोप छ । १७ फागुनमा सुत्केरी गराउन जिल्ला अस्पताल गाईघाट ल्याएको र उपचार नपाएरै मृत्यु भएको श्रीमान् अर्जुन कार्कीले बताए ।
जिल्ला अस्पतालका चिकित्सकहरूले १७ फागुनदेखि नै नर्मल डेलिभरी हुन्छ भनेर राख्दा श्रीमती मृत्यु भएको कार्कीको आरोप छ ।
अस्पतालका चिकित्सकले भने गर्भवतीको कन्डिसन खराब रहेकाले तत्काल अप्रेसन गर्न आग्रह गर्दा मृतकका आफन्तले नमानेको र दुर्घटना भएको बताउँछन् ।
आन्दोलनमा उत्रिएकाहरूले चिकित्सकमाथि समेत हातपात गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो । आक्रोसित भिडबाट हुनसक्ने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि कुटपिटप्रति सतर्कता अपनाउँदै प्रशासनले सुरक्षाकर्मी तैनाथ गर्दै आएको छ ।
















आज माघ ७ गते बुधबार, कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया