बुधबार, माघ ७, २०८२

आज पनि माओवादी केन्द्रीय समिति बैठक बस्दै

मेरोन्यूज २०७८ फागुन २२ गते ७:०७

काठमाडौँ । गत शुक्रबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बैठकमा पार्टीले एमसीसी अनुमोदन गराएकोलगायत विषयमा छलफल राखिएको छ ।

संसदबाट एमसीसी पारित भएकोसँगै नेता नारायणकाजी श्रेष्ठ पक्षले शुक्रबारको बैठकमा फरक मत राखेका थिए । व्याख्यात्मक टिप्पणीका नाममा अध्यक्ष प्रचण्ड ‘दलालसँग झुकेको’ श्रेष्ठ पक्षले आरोप लगाएको छ ।

शुक्रबारको बैठकमा एमसीसी पारित गर्ने निर्णय अनुसमोदन गर्न प्रचण्डले प्रस्ताव पेस गरेका थिए ।

प्रतिक्रिया