महाअभियोग सिफारिस समिति गठन
एमालेबाट ४, कांग्रेस र माओवादीबाट २ -२, एकीकृत समाजवादी, जसपा र लोसपाका एक- एक जना समितिमा परेका छन्

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे अध्ययन गर्न संसदले ‘महाअभियोग सिफारिस समिति’ गठन गरेको छ । संसद बैठक अगाडी सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्यब्यवस्था परामर्श समितिमा महाअभियोग सिफारिस समिति गठनका विषयमा छलफल भएको थियो । त्यही छलफलका आधारमा संसदको बैठकले सिफारिस समिति गठन गरेको हो ।
सभामुख अग्नि सापकोटाले प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जवरा विरुद्द संसदमा ९८ सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेको र त्यसको अध्ययनका लागि महाअभियोग सिफारिस समिति गठनको प्रस्ताव गरेका थिए । सापकोटाले गरेको उक्त प्रस्तावलाई संसदले अनुमोदन गरेको छ । संविधानको धारा १०१ को उपधारा ३ र ४ एवंम प्रतिनिधीसभा नियमावली २०७५ को नियम १६२ वमोजिम सभामुखले महाअभियोग सिफारिस समिति गठन सम्वन्धि प्रस्ताव संसदमा पेश गर्नुपर्ने ब्यवस्था छ ।
महाअभियोग सिफारिस समितिमा एमालेबाट विष्णु पौडेल, लालवावु पण्डित, शिवमाया तुम्वहाम्फे, कृष्णभक्त पोखरेल, कांग्रेसवाट मिनवहादुर विश्वकर्मा, रामवहादुर विष्ट, माओवादीबाट यशोदा सुवेदी, रेखा शर्मा, नेकपा एकीकृत समाजवादीबाट कल्ल्याणी खड्का, लोसपावाट एकवाल मियाँ र जसपावाट प्रमोद साह रहेका छन् ।
संविधानले नै त्यस्तो सिफारिस समिति संसदले बनाउनु पर्ने र त्यसको संख्या ११ जना सम्म हुने ब्यवस्था गरेको थियो ।
सिफारिस समितिले अव प्रधाननयायाधीस राणा सम्मलाई प्रष्टिकरण सोध्ने पाउनेछ । त्यसका आधारमा समितिले विभिन्न पाटापषको अध्ययन गरेर तीन मिहनाभित्रत्र संसदमा प्रतिवेदन वुझाउनुपर्ने हुन्छ ।
त्यसपछि मात्र राणाविरुद्दको महाअभियोगका विषयमा संसदमा छलफलको विषय प्रवेश पाउने र सिफारिस समितिले महाअभियोग लगाउने प्रस्ताव गरेमा त्यसपछि हुने छलफल पछि निर्णय प्रक्रियामा जानेछ ।
सिफारिस समितिले महाअभियोग लगाउने प्रस्ताव संसदमा दर्ता गरेमा र त्यस आधारमा छलफल प्रक्रिया अगाडी वढेमा निर्णय प्रक्रियामा दुई तिहाई संसदले राणाविरुद्धको महाअभियोगका निर्णय लिनुपर्ने हुन्छ ।
कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकमा दलहरुलाई सिफारिस समितिमा रहने सदस्यहरुको नाम मागिएको थियो । गत १ फागुनमा जबराविरुद्ध महाअभियोग दर्ता गरेका थिए ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनिक
प्रतिक्रिया