भक्तपुरको तीन वटा पोल्ट्री फार्ममा बर्ड फ्लु भेटियो

भक्तपुर । भक्तपुरमा बर्ड फ्लु भेटिएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. १० मा अवस्थित तीन वटा पोल्ट्री फार्महरुका कुखुरामा बर्डफ्लु भेटिएका हुन् ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले ती पोल्टी फर्ममा मरेका कुखुराहरुमा वर्ड फ्लु भेटिएको पुष्टि गरेको हो । पाइला अग्रिकल्चरल फार्म, शिखर पोल्ट्री फार्म र अजिमा पोल्ट्री फार्ममा रहेका मरेका कुखुरामा वर्ड फ्लु भेटिएको पुष्टी भएको हो । यहाँं रहेका हजारौं कुखुराहरु बुधबार राति मरेका थिए । पछि ती मेरेका कुखुराहरुको टेष्टका लागि लगिएको थियो । प्रयोगशालाका अनुसार ती फार्मका कुखुराहरुमा एच पी वानको सवटाइप एफ फाइभ एफ वान भाइरस देखा परेको हो ।
वर्ड फ्लु भेटिएको पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आइतबार नै बसेको सुरक्षा समितिको बैठकले वर्ड फ्लु भेटिएका फार्मका पन्छी र पन्छीजन्य वस्तु नष्ट गर्ने निर्णय गरेको छ ।
समितिले सूर्यविनायक नगरपालिकाको वडा नं. १० स्थित पूर्वमा अजिमा ईंटा उद्योगसँगै अरनिको राजमार्ग जाने सडक, पश्चिममा शिखर पोल्ट्री फार्मसँगै रहेको बाटो, दक्षिणमा अरनिको राजमार्गको उत्तरी सिमाना र उत्तरमा पानी टंकी जाने बाटोको चार किलाभित्रको पन्छी तथा पन्छीजन्य वस्तुहरु दाना, सुली, अण्डालगायतका वस्तुहरु नष्ट गर्ने निर्णय गरेको हो ।

















चार निर्वाचन क्षेत्रको मतगणना किन हुन सकेन ?
बझाङमा एमालेका उम्मेदवार महर विजयी
कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली निर्वाचित
रास्वपा २७ स्थानमा विजयी र ९० क्षेत्रमा अगाडि, अन्य दलकाे अवस्था के ?
नेमकिपाकाे गढ भक्तपुर-१मा रास्वपाका रन्जित विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न अमेरिकाकाे आदेश
प्रतिक्रिया