भक्तपुरको तीन वटा पोल्ट्री फार्ममा बर्ड फ्लु भेटियो

भक्तपुर । भक्तपुरमा बर्ड फ्लु भेटिएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. १० मा अवस्थित तीन वटा पोल्ट्री फार्महरुका कुखुरामा बर्डफ्लु भेटिएका हुन् ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले ती पोल्टी फर्ममा मरेका कुखुराहरुमा वर्ड फ्लु भेटिएको पुष्टि गरेको हो । पाइला अग्रिकल्चरल फार्म, शिखर पोल्ट्री फार्म र अजिमा पोल्ट्री फार्ममा रहेका मरेका कुखुरामा वर्ड फ्लु भेटिएको पुष्टी भएको हो । यहाँं रहेका हजारौं कुखुराहरु बुधबार राति मरेका थिए । पछि ती मेरेका कुखुराहरुको टेष्टका लागि लगिएको थियो । प्रयोगशालाका अनुसार ती फार्मका कुखुराहरुमा एच पी वानको सवटाइप एफ फाइभ एफ वान भाइरस देखा परेको हो ।
वर्ड फ्लु भेटिएको पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आइतबार नै बसेको सुरक्षा समितिको बैठकले वर्ड फ्लु भेटिएका फार्मका पन्छी र पन्छीजन्य वस्तु नष्ट गर्ने निर्णय गरेको छ ।
समितिले सूर्यविनायक नगरपालिकाको वडा नं. १० स्थित पूर्वमा अजिमा ईंटा उद्योगसँगै अरनिको राजमार्ग जाने सडक, पश्चिममा शिखर पोल्ट्री फार्मसँगै रहेको बाटो, दक्षिणमा अरनिको राजमार्गको उत्तरी सिमाना र उत्तरमा पानी टंकी जाने बाटोको चार किलाभित्रको पन्छी तथा पन्छीजन्य वस्तुहरु दाना, सुली, अण्डालगायतका वस्तुहरु नष्ट गर्ने निर्णय गरेको हो ।
















संयोजक प्रचण्ड सहिद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त
वाणिज्य बैंकको वार्षिकोत्सवका अवसरमा ४१३ जनाले गरे रक्तदान
ललितपुरका ३ निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
श्रीमतीको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्रतिक्रिया