युक्रेन–रुस युद्ध प्रभाव नेपालमा पनिः खाने तेलको भाउ बढ्यो

काठमाडौं । युक्रेन र रुसबीच भएको युद्धको असर नेपालमा पनि परेको छ । युद्धका कारण खानेतेल लगायतका दैनिक उपभोग्य वस्तुको भाउ आकाशिएको छ ।
नेपालीको भान्सामा अत्याधिक प्रयोग हुने सन फ्लावर (सूर्यमुखी) तेल र सोयाबिन तेलको भाउ एक साता यता बढ्दै गएको छ ।
अन्तर्राष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढेको कारण पनि तेल उद्योगीले मूल्य बढाएका हुन् । नेपालमा पाइने सूर्यमुखी तेलको कच्चा पदार्थ युक्रेनबाट भारत आउने गर्दथ्यो । त्यही कारण भारतमा पनि तेलको मूल्य बढेको छ ।
सन फ्लावर तेल प्रतिलिटर २ सय ४० मा खुद्रा विक्री हुँदै आएकोमा हाल २ सय ८० रुपैयाँसम्म पुगेको छ भने सोयाबिन तेल प्रतिलिटर २ सय ३० मा विक्री गर्दै आएकोमा २ सय ७० रुपैयाँसम्म पुगेको ब्यवसायीहरुले बताएका छन् ।
खाने तेलको कच्चा पदार्थका आपुर्तीमा अवरोध हुँदा अभाव भएकोले मूल्य बढेको नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्रचार्यले बताए ।

















गोरखा – १ मा मतगणना सुरु
मात्तिदैनौं, जनभावनाअनुसार काम गछौं : रवि लामिछाने
पर्सा – २ मा रास्वपाका कानु विजयी
नुवाकोट–२ मा रास्वपाका अच्युतम लामिछाने विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
प्रतिक्रिया