‘पहिला नेता आफैँ बदलिनु आवश्यक छ’

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक बदल्छु भन्ने नेताहरु पहिला आफैँ बदलिन आवश्यक रहेको बताएका छन् । स्याङ्जाको वालिङ नगरपालिका ७ केवरे बनकट्टामा नवनिर्मित गुरुङ समुदायको कोइबोको आज उद्घाटन कार्यक्रममा उनले नेताहरुमा देखिएको अहिलेकै प्रवृत्तिले मुलुक नबदलिने बताए ।
‘भाषणमा मुलुक बदल्ने कुरा निकै गर्छौं तर व्यवहारमा फरक छ, यसरी मुलुक बदलिँदैन,’ उनले भने, ‘मुलुक बदल्नका लागि सबैभन्दा पहिला नेताहरुमा रहेका कमीकमजोरी तथा सोचलाई परिवर्तन गर्न आवश्यक छ, अनि मात्रै बदलिएको मुलुक बनाउन सकिन्छ ।’
धेरै नेताभन्दा पनि एक–दुई जना असल नेता भए मात्रै पनि समाज रूपान्तरण गर्न सकिने उहाँको भनाइ थियो । ‘खराब नेताले देश डुबाउँछ तर एउटै असल नेता भएदेखि देशको मुहार परिवर्तन गर्छ र माथि उठाउँछ,’ उनले भने, ‘असल नेता भएकै कारण विश्वका केही देशहरुले निकै फड्कोसमेत मारेका छन् विकासशील देशका रूपमा अगाडि उदाएका छन् ।’
अब नजिकै स्थानीय तहको निर्वाचन पनि आइरहेकाले नागरिकहरु समयमै सचेत भएर कस्तो नेता छान्ने भन्ने सोच्नुपर्ने बेला भएको उनले बताए । निर्वाचनका बेला बहकाउमा लागियो भने पाँच वर्षसम्म पछुताइरहनु पर्ने भएकाले समयमै सचेत भएर अगाडि बढ्न पनि उनले आग्रह गरे ।
‘एमसिसी राष्ट्रघाती हुन् भनी गरिएका प्रचारहरु भ्रम मात्रै हुन्,’ उनले भने, ‘हामी पनि नेपाल आमा र नेपाली जनताका लागि राजनीति गरेका हौँ, जुन भ्रम फिँजाइएको छ त्यो होइन ।’
कोइबो निर्माणले गुरुङ समुदायको भाषा, कला, संस्कृतिको संरक्षणका लागि महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई अभियानकै रूपमा सञ्चालन गर्न पनि उनले सुझाव दिए ।
















संयोजक प्रचण्ड सहिद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त
वाणिज्य बैंकको वार्षिकोत्सवका अवसरमा ४१३ जनाले गरे रक्तदान
ललितपुरका ३ निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
श्रीमतीको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
प्रतिक्रिया