बिहीबार, चैत १२, २०८२

माओवादी केन्द्रीय समिति बैठक

एमसीसीको फरक मत जेठ २० मा छलफल गर्ने प्रचण्डको प्रस्ताव

मेरोन्यूज २०७८ फागुन २३ गते १३:३९

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका सन्र्दभमा पार्टी नेताहरुले राखेको फरक मत जेठ २० मा छलफल गर्ने प्रस्ताव गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा प्रचण्डले एमसीसीमा वरिष्ठ नेता नारयणकाजी श्रेष्ठ, नेताहरु कृष्णवहादुर महरा, लिलामणि पोखरेल र देव गुरुडको असहमति रहेको र असहमतिलाई स्थानीय तहको चुनावपछि जेठ २० मा पार्टीभित्र फरोम चलाएर छलफल गर्ने प्रस्ताव गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रचण्डले स्थानीय तहको चुनाव पछि अर्काे केन्द्रीय समिति बैठक जेठ २० गते वोलाउने प्रस्ताव केन्द्रीय समिति बैठकमा गरेका छन् । चुनावमा पार्टी एकतावद्ध भएर परिचालन हुनुपर्ने र त्यस अगाडी नेताहरुले राखेको फरक मतका वारेमा छलफल गर्नु उपयुक्त नहुने भन्दै प्रचण्डले त्यस्तो प्रस्ताव राखेको वैठकमा सहभागी एक केन्द्रीय सदस्यले मेरोन्यूजलाई जानारी दिए ।

‘ एमसीसीको ब्याख्यात्मक घोषण सहित अनुमोदन भयो । यसले पार्टीमा मतभेद त भयो । केन्द्रीय समितिमा प्रस्तुत र दर्ज पनि भयो । यो सबै कुरा पार्टीका सम्पत्ति भयो । तर आजको परिस्थितिको बाध्यात्मक स्थिति भयो । अन्य पार्टी चुनावमा गइसकेका छन् । हामी पनि छिटै जानुपर्ने छ । हामी केमा पुग्यौँ भने नोट अफ डिसेन्टहरु कार्यालयमा दर्ज भएर बसेका छन्’, प्रचण्डले बैठकमा गरेको सम्बोधनलाई उदृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘स्थानीय निर्वाचन सकिएपछि केन्द्रीय समितिको बैठकमा फेरि फोरम चलाएर बहस गरौँ । तलसम्म पनि निश्चित समयसम्म छलफल चलाऔँ , त्यसो गर्दा जेठ २० मा केन्द्र्रीय समिति बैठक बोलाऔं, त्यसैमा छलफल गरौं ।’

उनले आवश्यक पर्दा तीनै तहको चुनाव पछि पार्टी विशेष महाधिवेशन पनि गर्न सकिने महाधिवेशनकै निर्णय रहेको भन्दै त्यसमा पनि जान सकिने बैठकमा वताएका छन् ।

प्रतिक्रिया