बाँकेको गाभर भ्यालीमा सामुदायिक जीन बैंक स्थापना गरिने

बाँके । ‘मौलिक वस्तु तथा प्रविधि नै हाम्रो जीवन र आर्थिक सम्बृद्धिका आधार’ भन्ने नाराका साथ बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्र अन्र्तगत गाभर भ्यालीमा दुई दिने जीन बैंक तथा किरा फिल्ड तालिम सुरु भएको छ ।
समुदायको सहभागितामा जीवहरुको संरक्षण गर्नु यस तालिमको मुख्य उद्देश्य रहेको छ । बाँके राष्ट्रिय निकुञ्ज अन्र्तगतको मध्यवर्ति क्षेत्रस्थित गाभर भ्यालीमा नेपालमै पहिलो सामुदायिक जीन बैंक स्थापना गर्नु तालिमको उद्देश्य रहेको वरिष्ठ वैज्ञानिक तथा राष्ट्रिय कृषि आनुबंशिक स्रोत केन्द्र जीन बैंक (नार्क) का प्रमुख डाक्टर बालकृष्ण जोशीले बताए ।
नेपालकै पहिलो सामुदायिक जिन बैंक गाभर भ्यालीमा स्थापना भएकोमा बैजनाथ गाउपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले खुसी व्यक्त गरे ।
कृषि अनुसन्धान निर्देशनालय नार्क खजुराका निर्देशक डाक्टर समिद उपाध्यायले अब स्थापना हुने गाभर भ्याली सामुदायिक जीन बैंकले सामुदायिक जीन बैंकलाई दिगोपना रुपमा सञ्चालनका लागि निरन्तर प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले समुदायस्तरबाट जिन बैंकको स्थापना र व्यवस्थापनले इको सिस्टम संरक्षणमा टेवा पुग्ने उल्लेख गरे ।
रैथाने एग्रि प्रोडक्टका अध्यक्ष तिलक ढकालले सामुदायिक जिन बैंकमार्फत किराहरुको मात्र संरक्षण नभई कृषि जैविक विविधताको समेत संरक्षण हुने बताए ।
अनुसन्धान कार्यक्रम नार्क खजुराका संयोजक डा.राजेन्द्र दराई, कृषि ज्ञान केन्द्र नेपालगञ्जका कार्यालय प्रमुख सागर ढकाल, कृषि व्यवसाय सहयोग प्रवद्र्धन केन्द्र बाँकेका कार्यालय प्रमुख डा.समीद अहमद, बैजनाथ गाउपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
यस तालिममा नेपालमै पहिलो पटक सामुदायिक जीन बैंक गाभर भ्याली बाँकेमा स्थाापना गरिने घोषणा भएको छ ।
तालिमको सहजिकरण राष्ट्रिय कृषि आनुबंशिक स्रोत केन्द्र जीन बैंक नार्क, खुमलटारका किरा विज्ञ आरपी मैनालीले गरेका थिए ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया