साउदीमा कोभिड सम्बन्धि मापदण्ड खुकुलो, पीसीआर रिपोर्ट नचाहिने

काठमाडौं । साउदी अरेबिया सरकारले कोभिड १९ सम्बन्धि नियम तथा मापदण्ड खुकुलो बनाएको छ ।
साउदी सरकारले मार्च ५ देखि कोभिड १९ सम्बन्धि मापदण्ड खुुकुलो पार्ने निर्णय गरेको साउदी अरेबियाको रियादस्थित नेपाली राजदूतावासले जनाएको छ ।
रियाद स्थित नेपाली दूतावासले सोमवार सार्वजनिक सूचना जारी गरी सो जानकारी दिएको हो । साउदी प्रवेश गर्दा अनिवार्य गरिएको पीसीआर रिपोर्टको नियम पनि हटाइएको छ । साउदी प्रवेश गर्ने कसैले पनि क्वारेन्टाइनमा बस्नु नपर्ने जनाइएको छ ।
भिजिट भिसामा साउदी जानेले कोरोना संक्रमण उपचार खर्च कभर गर्ने किसिमको स्वास्थ्य बीमा गरेको हुनुपर्ने दूतावासले जनाएको छ ।
सभा, सम्मेलन, भेला जस्ता कार्यक्रममा उपस्थित हुँदा, एक अर्कालाई भेट्दा वा सेवा लिनका लागि लाइनमा बस्न समेत भौतिक दूरी कायम गर्नुपर्ने मापदण्ड हटाइएको छ ।
खुल्ला ठाउँमा रहँदा फेस मास्क लगाउनु नपर्ने तर अस्पताल सरकारी कार्यालय, डिपार्टमेन्टल स्टोर, सपिङमल, जिमखानाजस्ता ठाउँमा जाँदा भने अनिवार्य फेस मास्क लगाउनुपर्ने जनाइएको छ ।

















रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया