बिहीबार, माघ ८, २०८२

परराष्ट्र मन्त्री खड्का आज टर्की जाँदै

मेरोन्यूज २०७८ फागुन २४ गते ८:०१

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज साँझ टर्की भ्रमणमा जाँदै छन् । टर्कीका विदेशमन्त्री मेभलुत चाभुशाव्लुको निमन्त्रणामा खड्का तीन सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साताव्यापी भ्रमणमा जान लागेका हुन् ।

२७–२९ फागुनमा आयोजना हुने अन्ताल्याया कूटनीतिक मञ्चमा मन्त्री खड्का नेतृत्वको प्रतिनिधि मण्डल सहभागी हुनेछ । टर्कीमा रहँदा मन्त्री खड्काले आफ्ना समकक्षीका साथै अन्य उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र टर्कीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेशको सन्दर्भमा हुन परराष्ट्रमन्त्री खड्काको भ्रमण हुन लागेको हो । मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञको सहभागिता रहने छ । यस वर्षको वार्षिक फोरमको विषय ‘रिकोडिङ डिप्लोमेसी’ रहेको छ ।

प्रतिक्रिया