रामकोट घटना : ‘हामी संयुक्त रुपमा बिदा हुँदै छौँ’ लेखिएको सुसाइड नोट फेला

काठमाडौँको रामकोटमा एकै परिवारका पाँच जना घरभित्र बेहोस अवस्थामा भेटिएकामध्ये चार जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । एक जनाको भने मृत्यु भएको छ ।
उनीहरूलाई प्रहरीले मनमोहन मेमोरियल अस्पतालमा उपचारका लागि पुर्याएको थियो । उपचारका क्रममा ३३ वर्षीय सुवर्णमान प्रधानको मृत्यु भएको हो ।
घटनामा ६२ वर्षीय इन्दिरामाया, उनका छोरा ३८ वर्षीय भीममान, बुहारी ३५ वर्षीया इन्दिरा र नातिनी ११ वर्षीया सुप्रियाको अवस्था गम्भिर रहेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।
काठमाडौँ डल्लु स्थायी घर भएका प्रधान परिवार गत कात्तिकदेखि रामकोटमा डेरामा बस्दै आएका थिए ।
घटना स्थलबाट सुसाइड नोट फेला परेको प्रहरीले जनाएको छ । नोटमा उनीहरूले ‘हामी संयुक्त रुपमा बिदा हुँदै छौँ’ लेखेका थिए ।
घटना आर्थिक अवस्था बिग्रिएपछि भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया