रोकेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, ट्रकसहित चालक नियन्त्रणमा
मेरोन्यूज
२०७८ फागुन २४ गते १४:१८
कपिलवस्तु । जिल्लाको वाणगंगा नगरपालिका २ पिपराचोकमा सोमबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बुद्धभूमि नगरपालिका ८ डुमराका ४० वर्षीय गणेश आचार्य रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बुटवलस्थित एडभान्स सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार राति ११ बजे चेकपोष्ट नजिकै रोकेर इन्ट्री गर्दै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख २९५६ नम्बरको ट्रकमा लु ७८ प ९६६१ नम्बरको मोटरसाइकल ठोकिँएको थियो ।
ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया