आइतबार, वैशाख २७, २०८३

ओलीले भने– हरियो रंगको चुनाव चिन्ह मान्दैनौं

मेरोन्यूज २०७८ फागुन २४ गते १६:३१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा हरियो रंगको चुनाव चिन्ह अमान्य हुने बताएका छन् ।

Advertisement
NiccNicc

मंगलबार काठमाडौंमा अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा गरिएको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले राजनीतिबाट अभिप्रेरित भएर निर्वाचन आयोगले चुनाव चिह्न हरियो बनाउन खोजेको आरोप लगाए ।

आयोगले कुन हिसाबले हरियो रंगको चुनाव चिन्ह बनाउन लागेको भनी ओलीले प्रश्न गरे । निर्वाचन आयोगले रंगमै राजनीतिक गर्न खोजेको ओलीको आरोप थियो ।

निर्वाचन आयोगसँग यसबारेमा आफूले कुरा गरिनसकेको ओलीले बताए । मिडियामा आएको कुरा गल्ती भए मिडियाले पनि सच्याउनुपर्ने उनले बताए ।
अदालत र सभामुख हुँदै निर्वाचन आयोगसमेत हामी विरुद्ध आउन खोजेको ओलीको आरोप छ ।

आगामी निर्वाचनमा हरियो रंगको चुनाव चिन्ह भएको मतपत्र प्रयोग गरिने निर्णय भएको र सोही अनुसारको मतपत्र छपाईमा पठाउन लागिएको निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद आर्यालले जानकारी दिएका थिए ।

यो पनि पढ्नुस्
कांग्रेसलाई फाइदाः मतपत्रमा हरियो रंगको चुनाव चिन्ह

प्रतिक्रिया