लैंगिक तथा यौनिक अल्पसंख्यकलाई संविधानमै विभेद ः निलम पौडेल

काठमाडौं । मोडल तथा ट्रान्सजेन्डर महिला निलम पौडेलले कानुनमै लैंगिक तथा यौनिक अल्पसंख्यकलाई विभेद गरिएको गुनासो गरेकी छन् ।
११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा उनले संविधानमै लैंगिक तथा यौनिक अल्पसंख्यकलाई अधिकारी दिने विषयमा विभेद गरिएको बताएकी हुन् ।
महिला र पुरुषलाई अधिकारी दिने विषयमा संिवधानमा स्पष्ट व्यवस्था गरिएको भए पनि लैंगिक तथा यौनिक अल्पसंख्यकका विषयमा भने मौन रहेको उनको भनाइ छ ।
‘हरेक स्थानमा महिला, पुरुषको कुरा उल्लेख गरिन्छ । तर ट्रन्सजेन्डर लैगिङ्ग तथा यौनिक अल्पसंख्यकहरुको उल्लेख गरिएको छैन,’ निलमले भनिन्, ‘हरेक क्षेत्रमा महिला र पुरुष कोटा भनेर वर्गीकरण गरिएको छ । तर, ट्रान्सजेन्डरहरूका लागि भने कतै पनि कोटा छुट्याइएको छैन ।’
महिला र पुरषका लागि अधिकारी प्राप्तिदेखि रोजगारी दिनेसम्ममा छुट्याइए पनि ट्रान्सजेन्डरका विषयमा कानुन मौन बसेको उनको गुनासो छ ।
















कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि बिहीबार न्यूयोर्कस्थित अदालतमा पेश
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया