लैंगिक तथा यौनिक अल्पसंख्यकलाई संविधानमै विभेद ः निलम पौडेल

काठमाडौं । मोडल तथा ट्रान्सजेन्डर महिला निलम पौडेलले कानुनमै लैंगिक तथा यौनिक अल्पसंख्यकलाई विभेद गरिएको गुनासो गरेकी छन् ।
११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा उनले संविधानमै लैंगिक तथा यौनिक अल्पसंख्यकलाई अधिकारी दिने विषयमा विभेद गरिएको बताएकी हुन् ।
महिला र पुरुषलाई अधिकारी दिने विषयमा संिवधानमा स्पष्ट व्यवस्था गरिएको भए पनि लैंगिक तथा यौनिक अल्पसंख्यकका विषयमा भने मौन रहेको उनको भनाइ छ ।
‘हरेक स्थानमा महिला, पुरुषको कुरा उल्लेख गरिन्छ । तर ट्रन्सजेन्डर लैगिङ्ग तथा यौनिक अल्पसंख्यकहरुको उल्लेख गरिएको छैन,’ निलमले भनिन्, ‘हरेक क्षेत्रमा महिला र पुरुष कोटा भनेर वर्गीकरण गरिएको छ । तर, ट्रान्सजेन्डरहरूका लागि भने कतै पनि कोटा छुट्याइएको छैन ।’
महिला र पुरषका लागि अधिकारी प्राप्तिदेखि रोजगारी दिनेसम्ममा छुट्याइए पनि ट्रान्सजेन्डरका विषयमा कानुन मौन बसेको उनको गुनासो छ ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया