चिनियाँ र अमेरिकी राजदूतको दौडधुप
प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता

काठमाडौं । एमसीसी पास हुनुभन्दा अघि जसरी राजदुतहरुको दौडधुप थियो । पुन त्यो क्रम पुन: दोहोरिएको छ । आज बिहानै (साढे आठदेखि ९ बजेसम्म) करिब आधा घण्टा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा मन्त्री कार्की र बेरीबीच भेटवार्ता भएको हो ।
त्यसैगरी, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न प्रचण्ड निवास खुमलटार पुगेकिछिन् । प्रचण्ड र राजदूत यान्छीबीच चीनका विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका विषय लगायत पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको स्रोतले जानकारी दियो ।
विदेशमन्त्री वाङ यही चैत दोस्रो साता दुईदिने भ्रमणका लागि काठमाडौं आउने तयारी छ । चीनले पनि भूराजनीतिक सरोकारको बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) परियोजनालाई कार्यान्वयनमा लैजान तदारुकता देखाएको सन्देश दिन वाङ आउन लागेको बताइएको छ ।
अमेरिकी अनुदानको एमसीसी सम्झौता अनुमोदन भएलगत्तै उत्तरी छिमेकका विदेशमन्त्रीबाट हुन लागेको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।
चिनियाँ राजदूत यान्छीले सोमबार सभामुख अग्निप्रसाद सापकोटासँगको शिष्टाचार भेटवार्तामा वाङको भ्रमणका सम्बन्धमा जानकारी गराएकी थिइन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको २०७६ असोज तेस्रो साता भ्रमण हुनुपूर्व भदौ तेस्रो सातामा विदेशमन्त्री वाङ नेपाल आएका थिए । बीआरआईका लागि सन् २०१४ मा सैद्धान्तिक सहमति जनाएको नेपालले सन् २०१७ मे १२ मा त्यसअन्तर्गतका परियोजनामा हस्ताक्षर गरेको थियो ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया