आइतबार, वैशाख २७, २०८३

प्रधानमन्त्री देउवा र फ्रान्सेली सांसदको प्रतिनिधिमण्डलबीच भेटवार्ता

मेरोन्यूज २०७८ फागुन २५ गते १२:०८

काठमाडौं । नेपालको औपचारिक भ्रमण गर्न काठमाडौं आइपुगेको फ्रान्सेली सांसदको प्रतिनिधिमण्डल प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ।
बुधबार बालुवाटारमा भएको भेटवार्ता भएको हो । दुई पक्षबीच नेपाल–फ्रान्स द्विपक्षीय सम्बन्ध प्रवर्द्धनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
फ्रान्स नेपाल संसदीय मैत्री समूहका सभापति भेरोनिक रायोट्टनको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल मंगलबार काठमाडौं आएको थियो ।
प्रतिनिधिमण्डलमा फ्रान्स नेपाल संसदीय मैत्री समूहका उपाध्यक्षद्वय निकोलस फरिसियर र ग्रेजिलिया मेल्सियर सहभागी छन्।

Advertisement
NiccNicc

प्रतिक्रिया