लोकसेवा आयोगले माग्यो ३१७ जना खरिदार, कुन कार्यालयमा कति ?(सूचीसहित)

काठमाडौं । लोकसेवा आयोगले खरिदार तहमा विज्ञापन खुलाएको छ । आयोगका काठमाडौं, हेटौडा, जलेश्वर, धनकुटा, सुर्खेत, दिपायल, दाङ लगायतका कार्यालयबाट विज्ञापन खोलेको हो ।
आन्तरिक प्रतिष्प्रर्धा,खुला र समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नेगरी विभिन्न पदका लागि ३ सय १७ जना माग गर्दै विज्ञापन खुलाएको हो ।
लोकसेवा आयोग धनकुटा कार्यालयबाट ६ जना, इलाम कार्यालयबाट १७ जना, लोकसेवा आयोग खोटाङ कार्यालयबाट २९ जना माग गरिएको विज्ञापनमा उल्लेख गरिएको छ ।
विज्ञापन अनुसार लोकसेवा आयोग जलेश्वर कार्यालयले २३ जना माग गरेको छ भने लोकसेवा आयोग हेटौंडाले २४ जना माग गरेको छ । लोकसेवा आयोग काठमाडौं कार्यालयले ३० जनाका लागि विज्ञापन खुलाएको छ ।
लोकसेवा आयोग पोखरा कार्यालयले ४१ जना, बाग्लुङ कार्यालयले १४ जना, बुटवल कार्यालयले २६ जना, दाङ कार्यालयले ३२ जना माग गरेको छ भने सुर्खेत कार्यालयले २५,जुम्लाबाट २३ जना माग गरिँदा दिपायल कार्यालयले १० जना माग गरेको छ । महेन्द्र नगर कार्यालयले २७ जना माग गरेको छ ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरुले आगामी चैत्र १५ सम्म साधरण दस्तुर र आगामी चैत्र २२ भित्रमा दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने विज्ञापनमा उल्लेख छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया