सत्तागठबन्धनप्रति ओलीको आरोप : मिल्ने भए धरहरा र रानीपोखरी पनि भत्काउँथे
काङ्ग्रेसको बुढो रूख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको छ

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफु नेतृत्वको सरकारले गरेको कामको विरोध र भन्डाफोरमा सत्ता गठबन्धन दल उत्रेको भन्दै त्यसको चर्काे आलोचना गरेका छन् । आफु नेतृत्वको सरकारलाई परमादेशको आदेशवाट हटाएको बताएका ओलीले अहिले सत्तागठबन्धन दलले एमालेले गरेको कामको भन्डाफोर अभियान चलाउने भन्दै गरेको चुनावी अभियानलाई निक्कै आलोचना गरेका छन् ।
ओलीले गरेको भनेपछि राम्रा कामको पनि उनीहरुलाई नराम्रै लाग्छ भन्दै ओलीले मिल्ने भएको भए उनीहरुले धरहरा र रानीपोखरी पनि भत्काएर अगाडी जान खोज्थे भन्दै व्यंग्य गरेका छन् ।
मोरङको रंगेलीका माओवादीबाट निर्वाचित मेयर, उपमेयर र वडाध्यक्षसहित लाई पार्टी प्रवेश गराउन विराटनगरको रंगेली पुगेका ओलीले सत्ता गठबन्धन दलको चर्काे आलोचना गरेका हुन् ।
हामीले एकैचोटी ३९६ वटा अस्पतालको सुरुआत गर्यौं, केही अहिले बनिरहेका छन्, केही बजेट अहिलेको सरकारले सारेको छ । हामीले हरेक पालिका सदरमुकाम जोड्ने २६५ सडक एकैपटक शिलान्यास गर्यौं । तीनको पनि बजेट काटिएको छ । विकासविरोधीहरुले गर्ने भण्डाफोर भनेको यही होला , ओलीले सत्रागठबन्धन दलका नेताहरुलाई व्यंग्य गदै भने,मिल्ने भएको भए उनीहरु धरहरा र रानीपोखरी पनि भत्काउँथे । त्यो हामीले गरेको विकासको काम हो । उनीहरुले त्यसलाई विकास विरोधी देख्न सक्छन् ।
एमाले नेतृत्वको सरकारले गरेका कामको भण्डाफोर गर्ने भनेर विकासको विरोध गर्दै हिड्ने रु भन्ने प्रश्न समेत ओलीले कांग्रेसलाई गरेका छन् । काग्रेसले एक महिने चुनावी अभियानका क्रममा ओली नेतृत्वको सरकारले गरेका कामको भन्डाफोर अभियान पनि चलाउने निर्णय गरेर चुनावी अभियान घोषणा गरेपछि ओली कांग्रेससँग चिढिएका हुन् । आफ्नो पालामा सडक विस्तार, निर्माण र सुरुङमार्गको काम अघि बढेको भन्दै त्यसलाई रोक्न अदालत प्रयोग गरेर आफ्नो सरकार ढालेको आरोप ओलीको थियो ।
कांग्रेस वचाउन मतपत्रमा हरियो रंग
ओलीले निर्वाचन आयोगले मतपत्रमा हरियो रंग प्रयोग गर्न लागेकोमा पनि आपत्ति जनाएका छन् । उनले मतपत्रमा हरियो नभई रातो रङ राख्नुपर्ने बताए । मतपत्रको रङबारे निर्वाचन आयोगको निर्णय कांग्रेसतिर झुकेको भन्दै ओलीले भने, ‘ काङ्ग्रेसको बुढो रूख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको छ ।’
निर्वाचन आयोगले ३० वैशाखमा हुने निर्वाचनमा मतपत्र चुनाव चिह्नको रङ हरियो बनाउने निर्णय गरेको थियो । ओलीले मंगलबार आयोजित कार्यक्रममा पनि आयोगको उक्त निर्णयको आलोचना गरेका थिए ।
एमाले अध्यक्ष ओलीले कांग्रेसलाई सुकेको रुखको संज्ञा दिए । ‘सुकेको रुखको कुरा गर्न आवश्यक छैन, पातमात्रै झरेको छैन रूख नै सुकेको छ’ उनले भने ।
नेता माधवकुमार नेपालले पार्टी छाडेपछि हाइसन्चो भएको ओलीले टिप्पणी गरे । केही व्यक्तिले पार्टी छाडेपनि एमाले झन् बलियो भएको उनको दावी छ ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया