चमेरो भनेपछि कांग्रेसका संस्थापन इतर नेतासँग रिसाए प्रचण्ड
काँग्रेसलाई उचालेर सिंहासनमा लग्यौं, अहिले उसैले हामीलाई अपमानित गर्ने ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसको सस्थापन इतरका नेतासँग रिसाएका छन् । माओवादी र एकीकृत समाजवादीप्रति कांग्रेसका सस्थापन इतर समूहका नेताले पछिल्लो समय गरेको टिप्पणी सैह्य नभएको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका छन् ।
पार्टीको बागमती प्रदेशस्तरीय भेलालाई ललितपुरको गोदावरीमा वुधबार सम्बोधन गर्दै प्रचण्डले कांग्रेसका केही नेताहरुले गरेको टिप्पणी गलत भएको र त्यस्तो टिप्पणी पार्टीले नसहने पनि बताए ।
केही दिनअघि विराटनगरमा आयोजित कार्यक्रममा काँग्रस संस्थापनइतरका नेताहरुले माओवादी र नेकपा एकीकृत समाजवादीलाई चमेरोको संज्ञा दिँदै हात्तीको कानमा ओत लाग्न खोजेको आरोप लगाएका थिए । त्यसप्रति प्रचण्डले आापत्ति जनाएका हुन् ।
उनले सत्तागठबन्धन दलभित्रै रहेर गठबन्धनमै रहेको पार्टीप्रति गरेको अपमान सैह्य नहुने धारणा वुधबार बागमति प्रदेशस्तरका नेता कार्यकर्ताको भेलामा बताए ।
‘प्रत्यक्ष निर्वाचनमा हामीभन्दा काँग्रेस १० सिट तल हो । त्यहीँ पार्टीलाई उचालेर सिंहासनमा लगेर राखिएको छ, अहिले उसैले हामीलाई अपमानित गर्ने ? यस्तो अपमान सहन सकिन्न’– प्रचण्डले भने ।
त्यसो त कांग्रेसका संस्थापन इतरका नेताहरुले माओवादी र एकीकृत समाजवादीप्रति गर्न थालेको कडा टिप्पणीमा कांग्रेस सभापति शेरवहादुर देउवाले पनि पार्टी नेताहलाई सचेत गराएका थिए । गठबन्धनका विषयमा जथाभावी नबोल्नु भन्दै मंगलबार मात्रै देउवाले कांग्रेसका नेताहरुलाई सचेत गराएका थिए ।
देउवाले एमसीसी पारित गराउन झण्डै झण्डै ओलीको शरणमा पुगेर जस्ताको तस्तै पारित गराउने नीति लिइसकेकाबेला आफूहरुले सुझवुझपूर्ण ढंगले संसदमा ब्याख्यात्मक घोषणाको उपाय लगाएर सत्तागठबन्धन पनि जोगाएर देउवालाई झन् सुरक्षित बनाएको प्रचण्डको भनाई थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर भए पनि एमसीसी पास गर्ने अवस्थामा पुगेको भन्दै प्रचण्डले देउवालाई पनि सरकारको नेतृत्वमै रहने, सत्तागठबन्धन पनि जोगिने र एमसीसी जस्ताको तस्तै नभई ‘व्याख्यात्मक घोषणा’को उपाय निकालेर पारित गर्ने अवस्थामा लगेको बताएका थिए ।
‘मलाई प्रधानमन्त्रीले अब म केपी ओलीलाई प्रधानमन्त्री बनाएर भए पनि एमसीसी पास गर्छु भनेपछि मैले व्याख्यात्मक घोषणाको उपाय निकालेको हुँ’, प्रचण्डले भने, ‘अब एमसीसी व्याख्यात्मक घोषणासहित कार्यान्वयनमा गयो ।’
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया