तारागाउँ विकास समितिको सदस्य सचिवमा लुईटेलको नियुक्ति

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारागाउँ विकास समितिको सदस्य सचिवमा नारद लुईटेललाई नियुक्त गरेको छ । लुईटेलले पर्यटन मन्त्री प्रेम आलेले ४ बर्षको लागि बुधबार नियुक्त गरेका हुन्।
मन्त्रीस्तरीय निर्णयका आधारमा तारागाउँ विकास समितिमा नियुक्त भएका लुईटेलले यसअघि सदस्य सचिव हुँदा हयात रिजेन्सी होटलले गैरकानुनी रुपमा १ सय ५० रोपनी समितिको जग्गा अतिक्रमण गरेको विवरण सार्वजनिक गरी साहसिक काम गरेका थिए ।
मन्त्रिपरिषद्को निर्णय बिना गैरकानूनीरुपमा तारागाउँ विकास समितिका तत्कालीन अध्यक्ष अंगुरबाबा जोशीले हयात रिजेन्सी होटलको नाममा राजीनामा पास गरेको बौद्ध चुच्चेपाटीको १५० रोपनी जग्गाको खोजीनीति लुईटेलले नै गरेका थिए ।
लुईटेलकै सक्रियतामा उक्त जग्गा फिर्ता गर्नका लागि संसदको अन्तर्राष्ट्रिय समितिले हालका सभामुख अग्निप्रसाद सापकोटाको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उपसमितिको प्रतिवेदनका आधारमा संसदको अन्तर्राष्ट्रिय समितिले २०७५ चैत २४ मा गलत ढंगले दर्ता गरिएको १५० रोपनी जग्गा फिर्ता गर्न सरकारलाई निर्देशन दिएको थियो ।
















लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट
वसन्तको आगमनसँगै काठमाडौँमा छायो हरियाली
कर्णाली प्रदेशका १० जिल्लामा ८ सय ६१ क्षयरोगी भेटिए
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया