युक्रेनबाट द्वन्द्व प्रभावित सवै नेपालीको उद्धार सकियो, ५८४ नेपाली सुरक्षित गन्तव्यमा

काठमाडौं । रुस-युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धार कार्य सकिएको छ । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जनाए ।
खड्काले अन्य देशको तुलनामा नेपालीहरुको उद्धार कार्य निकै छिटोछरितो भएका कारणले युद्धमा नेपालीको ज्यान सुरक्षित रहेको बताए ।
युद्ध सुरु भएपछि युक्रेनमा रहेका नेपाली पोल्याण्ड, स्लोभाकिया, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेछन् ।
पछिल्लो तथ्यांक अनुसारपोल्याण्डमा ४६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावामा नेपाली पुगेका हुन् । हाल सम्म ५८४ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् ।
राजदुत खड्का अनुसार ३ जना नेपालीलाई भारतीय उडानमार्फत उद्धार गरिएको छ। उनीहरु भारतको नयाँदिल्ली हुँदै नेपाल आउने तयारीमा छन् ।युक्रेनबाट निस्केकामध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ।
करिब ३८ जनाको परिवार आफ्नो व्यवसायसहित स्थायी बसोबास गर्दे आएकाले पारिवारिक, कानुनी र व्यवहारिक कारणले युक्रेनमा रहेका छन् ।
उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष बद्री केसीले युक्रेनको युद्धमा परेका नेपालीको उद्धारका लागि नेपाली समुदायले ठूलो सहयोग गरेको बताए ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया