एमाले निकट पत्रकारको महाधिवेशन भोलिदेखि, नेतृत्वको दौडमा को को छन् ?

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको नवौं महाधिवेशन भोलि देखि पोखरामा शुरु हुँदैछ । शनिबारसम्म चल्ने महाधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी ओलीले गर्ने कार्यक्रम छ ।
महाधिवेशनको पूर्वसन्ध्यामा आज केन्द्रीय सदस्य दर्ताको तालिका छ । दिउँसो २ बजे सचिवालय बैठक तथा अपराह्न ४ बजे केन्द्रीय कमिटी बैठक बस्ने गरी कार्यतालिका बनेको छ ।
शुक्रबार बिहान ८ बजे प्रतिनिधि दर्ताको कार्यक्रम रहेको छ भने शुक्रबार बिहान ११ बजे महाधिवेशनको उद्घाटन हुनेछ । शुक्रबार दिउँसो ३ बजेबाट बन्दसत्र प्रारम्भ हुने प्रेस चौतारी नेपालले जनाएको छ । महाधिवेशनमा देशभरका झण्डै १ हजार २ सय पत्रकारको सहभागीता रहने आयोजकले बताएका छन् ।
को -को छन् नेतृत्वको दौडमा ?
अहिले चौतारीको अध्यक्ष छन् गणेश बस्नेत । उनी विदा हुने तयारीमा छन् । भित्री मन विदा हुने नभएपनि पार्टीले अन्य लाई पनि अवसर दिनुपर्ने बताएपछि उनी विदा हुन लागेका हुन् । बस्नेत विदा हुने भएपछि अध्यक्षमा वरिष्ठ उपाध्यक्ष माधव नेपाल, उपाध्यक्ष गणेश पाण्डे, महिला उपाध्यक्ष टीका विष्ट र महासचिव राजेश राई ले दावी प्रस्तुत गरेका छन् ।
पाण्डेले आफूलाई बालकोटबाट ‘ग्रिन सिग्नल’ आइसकेको दाबी गर्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रेस संयोजक चेतन अधिकारीलाई महासचिवको टिममा राखेर प्रचार गरिरहेका छन् । पाण्डे वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल निकट मानिन्छन् ।
तर, अध्यक्ष गणेश बस्नेत भने अध्यक्षका दाबेदारहरूबीच सहमति नजुटे सर्वसम्मतिमा आफैं दोहोरिने मनस्थितिमा छन् । सहमति नभएमा भने उनले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष माधव नेपाललाई समर्थन गरेर अगाडि सार्ने तयारी गरिररहेका छन् । एमाले अध्यक्ष ओलीले दोहोरिने ‘ग्रिन सिग्नल’ दिएमा उपाध्यक्षको संख्या कम्तीमा पाँचजनासम्म बढाएर पदाधिकारीमा रहेका केहीलाई समेट्ने उनको योजना छ ।
नेपाललाई पूर्वअध्यक्ष राजेन्द्र अर्यालको भित्री समर्थन छ भने उपाध्यक्ष पाण्डेप्रति पूर्वअध्यक्ष गगन विष्टको सहनाभूति रहेको चर्चा पनि चौतारीमा छ । तर, चुनाव भएमा भने विष्ट, पाण्डे र नेपालको पक्षमा नलागी तटस्थ बस्न सक्ने बताइएको छ ।
पूर्वमहासचिव प्रमोद दाहाल पनि अहिलेसम्म कतै खुलेका छैनन् । यद्यपि, महासचिव राजेश राईप्रति सहानुभूति भए पनि पार्टीमा तत्कालीन माधव नेपाल समूह छाडेर पार्टीमै रहेका १० नेताहरू निकटका रूपमा नाम जोडिएका कारण उनलाई अध्यक्ष ओलीको समर्थन गर्ने सम्भावना न्यून छ । सोही कारण दाहाल अहिलेसम्म कतै खुलेका छैनन् ।
राईलाई अन्तिमसम्म दुई उपाध्यक्ष या तीन उपाध्यक्षभित्र समेटेर ‘सिनियर’ उपाध्यक्ष बनाउने विकल्पमा पनि चर्चा चलिरहेको बताइन्छ । तर, राईले भने त्यस्तो अवस्थामा आफू संगठनमा नबस्ने बरु प्रचार विभागमा रहेर काम गर्ने इच्छा प्रकट गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।
उता, दोस्रो शक्तिशाली पद मानिने महासचिवमा शुरोजंग पाण्डे, हीरामान लामा र चेतन अधिकारीको चर्चा धेरै छ । प्रकाश शिलवालले पनि आफुलाई महासचिवको दावी प्रस्तुत गरिरहेका छन् । कोषाध्यक्ष इन्द्र आचार्यले पनि अध्यक्ष बस्नेतको समर्थनमा महासचिव बन्ने प्रयास गरिरहेका छन् ।
प्रेस चौतारीबाट समाजवादी प्रेस संगठनतिर दुई सचिव खुलेपछि पाण्डेको महासचिवमा चर्चा चलेको हो । यद्यपि, उनीभन्दा वरीयतामा उपमहासचिवका रूपमा माथि रहेका काभ्रेका लामाले पनि अध्यक्ष बस्नेतको समर्थन जुटाउने प्रयास गरेका छन् । तर, एउटै गृहजिल्ला दोलखाको भएकाले जिल्लाको राजनीतिका कारण पनि अध्यक्ष बस्नेतले आफू अध्यक्षमा नदोहोरिने अवस्थामा सचिव पाण्डेलाई नै महासचिवमा समर्थन गर्ने प्रबल सम्भावना रहेको चर्चा छ ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको टिममा प्रेस सल्लाहकार विष्णु रिजालको मातहत प्रेस संयोजकको जिम्मेवारीमा रहेका पाण्डेलाई महासचिवमा सम्भव नभए उपाध्यक्षमा व्यवस्थापन गर्ने मनस्थिति रिजालले बनाएको एक पदाधिकारीले बताए ।
महासचिवको दौडमै रहेका चेतन अधिकारीलाई अध्यक्ष ओलीले सल्लाह गरौंला भनेका कारण विश्वासका साथ उनी मैदानमा उत्रिएका छन् ।
उपाध्यक्षकै लागि मोफसलबाट लालबाबु शेख र सविन प्रियासनको पनि चर्चा चलेको छ । कर्णाली प्रदेशका उपाध्यक्ष वीरबहादुर गिरी र प्रदेश १ का उपाध्यक्ष लीलाराज भट्टराई बिदा हुने मनस्थितिमा छन् । शेख मधेस प्रदेश र प्रियासन लुम्बिनी प्रदेशबाट अहिले पनि उपाध्यक्ष नै छन् । बागमती प्रदेशका उपाध्यक्ष विश्वमणि सुवेदी र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष नरेन्द्र साउद एकीकृत समाजवादीतिर लागेका छन् । गण्डकी प्रदेशका उपाध्यक्ष पाण्डे अध्यक्षका दाबेदार छन् । सचिव देविका घर्तीमगरले महिला उपाध्यक्षमा दाबी गरेकी छिन् ।
उपमहासचिव र सचिवमा भरत केसी, रामेश्वर कार्की, विक्रम लुइँटेल, सुष्मा पौडेल, मोहन बास्तोला, शालिग्राम नेपाल, शिशिर सिंखडा, लोगसरी कुँवर, रामकृष्ण शर्मा, हेमराज सिलवाल, देवेन्द्र कार्कीलगायतले दाबी गरेका छन् । उनीहरूमध्ये प्रकाश सिलवाल, बास्तोला र रामेश्वर कार्कीको जोड उपमहासचिवमै रहेको बताइन्छ । तर, सर्वसम्मति हुँदा उपमहासचिव र सचिवमा चर्चामा रहेकैमध्येबाट सचिव पदमा व्यवस्थापन गर्ने बताइएको छ । त्यस्तै, दश सचिवका लागि सबै प्रदेशबाट कम्तीमा एक(एकजना अन्य दाबेदार रहेको स्रोतले बताएको छ ।
आकांक्षीहरूको संख्या बढे पनि उपमहासचिव तथा इन्चार्ज पृथ्बीसुब्बा गुरुङ र प्रचार विभागका उपप्रमुख विष्णु रिजालले अध्यक्षमा ‘ग्रिन सिग्नल’ लिएर अन्य पदाधिकारीमा मिलाउने गृहकार्य सुरु गरिरहेका छन् ।
मोर्चा संगठनले एकैपटक केन्द्रीय कमिटीको आकार, पदाधिकारीको संख्या र पदाधिकारीभित्र पनि उपाध्यक्षको संख्या एकैपटक दुई तिहाइभन्दा बढी घटाइदिएकाले पनि व्यक्तिको आकांक्षालाई ध्यान दिँदै सन्तुलन मिलाएर पदाधिकारीको संख्या घटबढ गर्नेगरी सर्वसम्मतिको प्रयासमा प्रारम्भिक गृहकार्य भइरहेको बुझिएको छ । गुरुङ र रिजालले अध्यक्ष ओलीलाई दुई दिनअघि पोखरास्थित रूपाकोट रिसोर्टमा चौतारीको महाधिवेशन तयारी, अध्यक्षका आकांक्षी र सर्वसम्मतिको विकल्पबारे लामो ब्रिफिङ गरेका छन्
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया