चीनमा कोरोना संक्रमितको संख्या बढ्दै

बेइजिङ । चीनमा पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यो संख्या बढेको बताएका हुन् ।
यहाँ थप संख्यामा कोरोना भाइरसका संक्रमित भेटिन थालेको बताइएको छ । चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारी अनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् ।
चीनका विभिन्न सहरमा बुधबार मात्र कोरोना भाइरसका ४०२ जना नयाँ संक्रमित देखिएका हुन् । अघिल्लो दिन अर्थात् मंगलबार यहाँ २३३ जना संक्रमित पाइएकामा बुधबार ४०२ पुगेको हो ।
चीनभित्रै पनि यी संक्रमितहरु बढ्न थालेका समाचारमा जनाइएको हो । यहाँका जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन् । यसमध्ये सबैभन्दा बढी जिलिनमा छन् । जिलिनमा मात्र १६५ जना संक्रमित पाइएको बताइएको छ ।
चीनमा पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोनाबाट निको भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ ।
यहाँका सबैजसो नागरिकालाई कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको बताइएको छ । यहाँ बुधबारसम्ममा ४ हजार ६०० भन्दा बढी नागरिक कोरोना संक्रमित भइ उपचार गराइरहेका बताइएको छ ।
















अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया