रंगमञ्चमा जमेका दिव्य देवलाई ‘चिसो एस्ट्रे’ले स्थापित गर्न सक्ला ?

काठमाडौं । नेपाली फिल्ममा ‘आवरण’ बाट उदाएका दिव्य देव थियटरको परिचित नाम बनिसकेका छन् । डेब्यु फिल्ममै असफलता भोग्नुपरेको दिव्यको अभिनय क्षमताले थियटरमा न्याय पायो । थियटरमा देखाएको अभिनय कौशलताले नै उनलाई अफरको ताँती लागेको छ । यद्यपि उनले फिल्म भने निकै कम गरेका छन् ।
आउँदो ४ चैतमा उनी अभिनित फिल्म ‘चिसो एस्ट्रे’ प्रदर्शनमा आउँदैछ । गाउँबाट सहरमा आउने मानिसका सपना एस्ट्रेको चुरोटझैँ निभ्दै जाने विषयलाई फिल्ममा प्रस्तुत गरिएको छ । भूपि शेरचनले धेरै पहिला नै काठमाडौँलाई चिसो एस्ट्रे रूपमा चित्रित गर्दै यहाँ आउने मानिस मुटुभरि आगो र ओठभरि ज्वाला बोकेर आउने र जानेहरू निभेका विश्वास र सपनाहरू सोहोरेर जाने भाव व्यक्त गरेका थिए । निर्देशक दिन्स पाल्पालीले भूपिको यही भावमा रहेर फिल्म तयार गरेको बताएका छन् ।
२०७१ सालमै स्क्रिप्टलाई फिल्ममा उतार्ने तय भएको थियो । तर, सात वर्षपछि बल्ल प्रदर्शनमा आउँदैछ । यही फिल्ममा जोडिएपछि दिव्यले ‘रुदाने’ को अफरसमेत पाए । ‘मैले यो फिल्म पाएपछि आफूमा परिपक्वता पाएँ । त्यसपछि छानेको फिल्म र थियटरमा मञ्चन हुने नाटकले पनि मेरो करियरलाई उचाइ दिन मद्दत् गरेको छ,’ दिव्यले भने ।
त्यसो त ‘चिसो एस्ट्रे’ मा ‘इन’ हुन उनलाई सहज थिएन । उनले अडिसन त दिए, निर्देशक पाल्पालीको विश्वास जित्न निकै कठिन भयो । ‘म त्यो समयमा अहिलेभन्दा पनि निकै पातलो थिए । त्यसैले गर्दा मैले पाएको क्यारेक्टरलाई न्याय गर्छु कि गर्दिनँ भन्नेमा निर्देशक आशंकित देखिनुभयो,’ उनी सम्झन्छन्, ‘निर्णय लिन समय लाग्यो । यद्यपि मेरो नाटक ह्याम्लेट हेरेकै कारण निर्माता भने विश्वस्त थिए ।’
उनले त्यही प्रोसेसले गर्दा फिल्मको ‘कास्टिङ’ निकै बलियो बनेको बताए । ‘मैले मेरो साथी सर्कलमा फिल्मको कास्टिङको तारिफ सुनेको छु । यो फिल्म के कसो होला, तर हाम्रो फिल्म क्षेत्रले एउटा प्रतिभावान निर्देशक पाएको छ,’ दिव्य भन्छन्, ‘हामीले स्वरांकन नै दुईपटक गरेका छौँ । र, जुन जोशका साथ फिल्म सुरु भएको थियो अहिलेसम्म पनि त्यही ऊर्जा हामीमा छ ।’
फिल्ममा दिव्यसँगै सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नवीन लम्साल र रविन तामाङको मुख्य भूमिका छ । फिल्म निर्माता महेशबाबु तिमल्सिनाले भने आफूले नेपालमा हेर्न चाहेका सिनेमा बनाउने अभिलाषामा फिल्म निर्माणमा संलग्न भएको बताए ।
दिन्स पाल्पालीकै लेखन रहेको फिल्ममा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । यसमा सहनिर्मातामा भने रूपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा छन् । निर्माणमा क्रिएटिभ ह्यान्डस् नेपालको पनि सहभागिता छ । उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्ज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
प्रतिक्रिया