श्रीलंका पुलिसविरुद्ध नेपालको आक्रमक ब्याटिङ, तीन खेलाडीको अर्धसतक

काठमाडौं । अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार तेस्रो खेलमा अहिले श्रीलंका पुलिसको सामना गरिरहेको छ । अघिल्ला दुई खेलमा श्रीलंका नेभीविरुद्ध जित निकालेको नेपाल तेस्रो खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।
कप्तान सन्दीप लामिछानेले टस जितेसँगै ब्याटिङमा आएको नेपालले आक्रमक सुरुवात गरेको छ । जहाँ नेपालका तीन ब्याटरले अर्धशतक प्रहार गरिसकेका छन् ।
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा रोहित कुमार पौडेल हालसम्म अर्धसतक पूरा गरेका छन् । जारी खेलमा नेपालले ३७ ओभर जारी रहँदा ६ विकेट गुमाएर २२३ रन जोडेको छ ।
कुशलले ५७ रन बनाउँदा आसिफले ५२ रन बनाए । यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रोहितले ६९ रन बनाएर खेलिरहेका छन् ।
अभ्यासपछि नेपाली टिम १४ मार्चमा संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्नेछ । जहाँ नेपालले विश्वकप लिग-२ प्रतियोगिता खेल्नेछ ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया