रुसलाई आतंकारी घोषणा गर्न जेलेन्स्कीको आग्रह, रुसी तेल नकिन्न पश्चिमा देशलाई अपिल

काठमाडौँ । अमेरिकाका राष्ट्रपति जो बाइडनले युक्रेनमाथिको हमलालाई लिएर रुससँग तेल निकिन्ने घोषणा गरेका छन् । रुसको अर्थ व्यवस्था थप कमजोर बनाउनका लागि अमेरिकाले मंगलबार यस्तो प्रतिबन्धको घोषणा गरेको हो ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग हुँदै आएको पेट्रोलियम पदार्थ तथा ग्यास आयात कम गर्न गरेको अपिलपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्ध गरेको हो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिका तथा पश्चिमी देशका अधिकारीलाई पेट्रोलियम पदार्थ आयात कटौती गर्न माग गर्दै आएका थिए ।
रूसको वित्तीय क्षेत्रमाथि कडा प्रतिबन्धका बाबजुद तेल निर्यातले नगद प्रवाह स्थिर राखेको छ । अमेरिकाले घोषणामा भनेको छ, ‘हामी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युद्धको ‘सब्सिडी’ दिने कुनै हिस्सा दिन चाहँदैनौँ ।’ बाइडेनले रुसमाथिको नयाँ कारबाहीले जारी युद्धका लागि थप आर्थिक जुटाउन समस्या हुने बताएका छन् ।
जेलेन्स्कीले बेलायती संसदमा भने, ‘रुसलाई आतंकवादी राष्ट्र घोषणा गर्दछु ।’ उनले आफ्नो देश सुरक्षित रहेको सुनिश्चित गर्न मस्कोमाथि कडा प्रतिबन्ध लगाउन आग्रह गर्दै आतंकवादी घोषणा गर्न माग गरेका हुन् । एजेन्सी
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया