बिहीबार, चैत १२, २०८२

रुसलाई आतंकारी घोषणा गर्न जेलेन्स्कीको आग्रह, रुसी तेल नकिन्न पश्चिमा देशलाई अपिल

मेरोन्यूज २०७८ फागुन २६ गते १४:३२

काठमाडौँ । अमेरिकाका राष्ट्रपति जो बाइडनले युक्रेनमाथिको हमलालाई लिएर रुससँग तेल निकिन्ने घोषणा गरेका छन् । रुसको अर्थ व्यवस्था थप कमजोर बनाउनका लागि अमेरिकाले मंगलबार यस्तो प्रतिबन्धको घोषणा गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग हुँदै आएको पेट्रोलियम पदार्थ तथा ग्यास आयात कम गर्न गरेको अपिलपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्ध गरेको हो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिका तथा पश्चिमी देशका अधिकारीलाई पेट्रोलियम पदार्थ आयात कटौती गर्न माग गर्दै आएका थिए ।

रूसको वित्तीय क्षेत्रमाथि कडा प्रतिबन्धका बाबजुद तेल निर्यातले नगद प्रवाह स्थिर राखेको छ । अमेरिकाले घोषणामा भनेको छ, ‘हामी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युद्धको ‘सब्सिडी’ दिने कुनै हिस्सा दिन चाहँदैनौँ ।’ बाइडेनले रुसमाथिको नयाँ कारबाहीले जारी युद्धका लागि थप आर्थिक जुटाउन समस्या हुने बताएका छन् ।

जेलेन्स्कीले बेलायती संसदमा भने, ‘रुसलाई आतंकवादी राष्ट्र घोषणा गर्दछु ।’ उनले आफ्नो देश सुरक्षित रहेको सुनिश्चित गर्न मस्कोमाथि कडा प्रतिबन्ध लगाउन आग्रह गर्दै आतंकवादी घोषणा गर्न माग गरेका हुन् । एजेन्सी

प्रतिक्रिया