मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
चितवन । भरतपुर महानगरपालिका ९ को वडा कार्यालय नजिक मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । केन्द्रीय बसपार्कबाट गौरीगञ्जतर्फ जाँदै गरेको ना ५८ प ६३३४ नम्बरको मोटरसाइकलले आज दिउँसो करिब १ बजे साइकल यात्री सर्लाही पिपरियाका ४५ वर्षीय कलाम शेखलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका शेखको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा साँझ ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक कमला नरालले जानकारी दिइन् । मोटरसाइकल र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तैगरी, नारायणगढ–मुग्लिन सडक खण्डको घुमाउनेमा रोकिराखेको डिब्बा ट्रक त्रिशुलीमा खसेको छ । ना ६ ख ४९३९ नम्बरको खाली ट्रक आज बिहान त्रिशुली नदीमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।
‘गाडी बिग्रिएर दुई तीन दिन देखि रोकेर राखेको रहेछ, रोकिराखेको ट्रक कसरी त्रिशुलीमा खस्यो भनेर अहिलेसम्म खुलेको छैन’, उनले भने, ‘गाडीको साहु र चालकसँग सम्पर्क भएको छ, उनीहरु आएपछि मात्रै थाहा हुन्छ ।’ उनकाअनुसार ट्रकका चालक पनि काठमाडौँ छन् ।
पानीमा डुबेको ट्रकलाई निकालेर पाखामा राखिएको छ । स्थानीयले बताएअनुसार आज बिहान ट्रक त्रिशुलीमा खसेको अवस्थामा भेटिएको थियो । त्रिशुलीमा कसरी खस्यो भन्ने विषयमा अनुसन्धान भइरहेको रानाले बताए ।















विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
प्रतिक्रिया