दल दर्ताको निवेदनमाथिको जाँच अन्तिम चरणमा

काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि दर्ता हुन निर्वाचन आयोगमा निवेदन दिएका ८० राजनीतिक दलहरूको जाँचबुझ प्रक्रिया अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।
आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार विज्ञप्ति जारी गर्दै ८० राजनीतिक दलहरूको जाँझबुझ प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएका हुन् । मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) कार्यक्रम २०७८ अन्तर्गतका कार्यक्रम सञ्चालन भइरहेको आयोगले जनाएको छ ।
यस्तै, स्थानीय तह निर्वाचनका लागि आवश्यक हुने २३ प्रकारका निर्वाचन सामग्रीको खरिदका लागि दश प्याकेजमा प्रकाशित बोलपत्रको सूचना बमोजिम पर्न आएका बोलपत्रमध्ये सबैभन्दा न्यूनतम मूल्यांकन भएको बोलपत्र आयोगको फागुन २२ को निर्णय बमोजिम स्वीकृत भई सम्झौताको प्रक्रियाअगाडि बढेको आयोगको भनाई छ ।
स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली सम्बन्धित निकायबाट प्राप्त भएको र ती नामावली हाल अध्ययनको क्रममा रहेको समेत आयोगले जनाएको हो ।
















टर्किस एयरको जहाजमा आगो लागेपछि त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बन्द
आजदेखि सुरु हुँदै बजेट अधिवेशन
टर्किस एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा चक्कामा आगो
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया