सोमबार, वैशाख २८, २०८३

टर्किस एयरको जहाजमा आगो लागेपछि त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बन्द

मेरोन्यूज २०८३ वैशाख २८ गते ८:१७

काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगो देखिएर मुख्य धावनमार्गमै रोकिएपछि अन्तर्राष्ट्रिय उडान बन्द भएको छ ।

Advertisement
NiccNicc

जहाज धावनमार्गमै अड्किएकाले अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरुको नियमित तालिका प्रभावित भएको छ । जहाजलाई धावनमार्गबाट ट्याक्सीवेमा  लैजाने प्रयास हुँदैछ । जहाज धावनमार्गबाट हटीसकेपछी मात्रै उडान फेरी सञ्चालनमा आउने छ ।

इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टीके७२६ कल साइनको विमानमा ल्याण्ड हुँदा सो घटना भएको हो । लगत्तै दमकल प्रयोग गरी आगो निभाइएको प्रहरीले जनाएको छ ।

यात्रुहरु सकुशल छन् । आगो लाग्नुको कारणबारे र अन्य प्राविधिक अवस्थाबारे जाँच भइरहेको छ ।

प्रतिक्रिया