यी १७ वटा काम गरे कारबाही हुने

काठमाडौँ । गृह मन्त्रालयले पछिल्लो समयमा विभिन्न व्यक्ति तथा समूहले अवसर र लाभ उपलब्ध गराउने भन्दै गैर कानूनी ठगी गरिरहेको भन्दै यस्तो कार्य गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले त्यस्ता गतिविधि नगर्न नगराउन अन्य व्यक्ति, समूह, आफन्त, साथीभाइ समेतलाई सचेत गराउन अनुरोध गरेको छ । ठगीका यस्ता गतिविधिहरु भएको सूचना प्राप्त भएमा खबर गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
यी काम गरे कारबाही
१, रोजगारी वा काममा लगाउने भनी प्रलोभन दिने,
२, नियुक्ति, पदस्थापन र सरुवा वा बढुवा गराउने,
३, भर्ना, छात्रवृत्ति वा अध्ययनका अवसर उपलब्ध गराउन आश्वासन दिने,
४, जग्गा वा घडेरी उपलब्ध गराउने,
५, उपचार वा अन्य आर्थिक सहायता उपलब्ध गराउने,
६, अनलाइनबाट चिठ्ठा वा अन्य लाभ प्राप्त हुने भन्दै कारोवार गर्न प्रोत्साहन गर्ने,
७, घरमै बसी बसी काम वा रोजगारी वा आय आर्जन हुने भन्दै प्रलोभनमा पार्ने,
८, अनलाइन लगानी गर्न प्रोत्साहन गर्ने, लगानी गराउने र सोबाट आर्थिक आर्जन हुने भन्दै दुरुत्साहन गर्ने,
९, डिजिटल मुद्रामा लगानी गर्ने गराउने,
१०, रोकिएका काम वा मुद्धा मामिलाबाट उन्मुक्ति दिलाउने,
११, विशिष्ट व्यक्तिसँग भेटघाट वा सम्पर्क गराउने,
१२, ठेक्कापट्टा वा अन्य व्यावसायिक अवसर दिलाउने,
१३, कम रकमको कारोबारमा बढी रकमको कागज बनाई सही छाप गर्न लगाई तमसुक, लिखत बनाउने,
१४, ढुकुटी खेल्ने, खेलाउने,
१५, अनलाइन ठगी गर्ने,
१६, मिटर ब्याजमा रकम उपलब्ध गराउने,
१७, बैंकिङ्ग प्रणालीभन्दा बाहिरबाट मुद्रा पठाउने वा मगाउने ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया