बिहीबार, माघ ८, २०८२

रुस र बेलारुसका राष्ट्रपतिबीच भेट वार्ता हुने

मेरोन्यूज २०७८ फागुन २६ गते २०:३२

काठमाडौँ । रुस र बेलारुसका राष्ट्रपतिबीच शुक्रबार भेटवार्ता हुने भएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोबीच रुसको राजधानी मस्कोमै भेटवार्ता हुने भएको हो ।

रुसी राष्ट्रपतिका प्रवक्ता डिमित्री पेस्कोभले रुस र युक्रेनका बीचमा अहिले भइरहेको युद्ध रोक्ने विषयमा नै उनहरूको भेटवार्ता केन्द्रीत हुने जानकारी दिए । विभिन्न सञ्चार माध्यमहरूले यसअघि नै उनीहरूका बीचमा भेटवार्ता हुन लागेको समाचार सम्प्रेषण गरेका थिए ।

‘हो बेलारुसका राष्ट्रपति भोलि मस्को आउँदै हुनुहुन्छ, उहाँले हाम्रा राष्ट्रपति पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ,’ प्रवक्ता पेस्कोभले बिहीबार पत्रकारहरूसँग भने ।

प्रतिक्रिया